2026-07-27 08:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको मागपत्र प्रमाणीकरण कसको स्वार्थका लागि रोक्दैछ दुतावास : श्रमिक कि व्यवसायी ?

मनोज पराजुली । मङ्सिर २९, काठमाडौं । साउदीस्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरण नगरीदिंदा नेपालीहरुको रोजगारीको कोटा गुम्न थालेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । पटक पटक अनुरोध गर्दा समेत दुतावासले कुनै चासो नदेखाएको भन्दै उनीहरुले तत्काल मागपत्र प्रमाणीकरण हुने व्यवस्था गर्न माग गरेका छन् । 

कोरोना महामारीका बिच पनि सरकारले वैदेशिक रोजगारी खुला गरिसकेको छ । तर विदेशस्थित नेपाली दुतावासले सरकारको निर्णयलाई नमानेको म्यानपावर व्यवसायी बताउँछन् । गत असार १८ बाट पुन: श्रम स्वीकृति र गत भदौ १५ बाट नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरिसकेको छ । सो पश्च्यात पछिल्लो समय युएईस्थित नेपाली दुतावासले सरकारी र अर्धसरकारी कम्पनीहरुको मागपत्र प्रमाणीकरण शुरु गरेको छ । त्यस्तैगरी ओमान र कतारस्थित नेपाली दुतावासले पनि मागपत्र प्रमाणीकरण शुरु गरिसकेका छन् तर नेपालीहरुक्को प्रमुख श्रम गन्तव्य रहेको साउदीका लागि भने अझै पनि मागपत्र प्रमाणीकरण हुन सकेको छैन । 

यसअघि गत कार्त्तिक १८ गते विदेशस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण गराउन सम्बन्धित दूतावासहरुलाई तत्काल निर्देशन दिन भन्दै श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई मंगलबार पत्राचार गरेको थियो । 

साउदी सरकारले विदेशी श्रमिक नलिने निर्णय गरेका कारण मागपत्र प्रमाणीकरण नभएको भने होइन, नेपाली दुतावासको अटेरीपना हो, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठ भन्छन् ‘मागपत्र प्रमाणीकरण नहुनुमा के समस्या हो ? हामीले आधिकारिक जवाफ पाएका छैनौं, विभिन्न बहानावाजी गरेर दुतावासले टार्दै आएको छ ।’ ‘मन्त्रिपरिषद्को निर्णय, परराष्ट्र मन्त्रालयको निर्देशन नै दुतावासले मानेको छैन’, श्रेष्ठले भने । 

गत कार्त्तिकमा मात्रै २ हजार ३६२ जना नेपाली श्रमिकले साउदीका लागि श्रम स्वीकृति लिएका छन् जसमध्ये ३ सय ८० जनाले म्यानपावर कम्पनी मार्फत नयाँ श्रम स्वीकृति लिएका छन् । यसैलाई आधार मान्ने हो भने पनि साउदीले अहिलेकै अवस्थामा पनि नयाँ भिसामा सस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत नै नेपाली श्रमिक लिइरहेका छन् । तर तिनै कम्पनीहरुले नयाँ मागपत्र प्रमाणीकरण गर्न भने दुतावासले रोकेको व्यवसायीले बताएका छन् । 

नेपाल लोकत्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकाल साउदीस्थित नेपाली दुतावासले तत्काल मागपत्र प्रमाणीकरण शुरु गर्नुपर्ने बताउँछन् । कतार र युएईले मागपत्र प्रमाणीकरण शुरु गरिसकेको अवस्थामा साउदी दुतावासले रोक्नुपर्ने कारण के हो ? उनले भने ‘अबपनि साउदीबाट मागपत्र प्रमाणीकरण नगरिए नेपालीको माग बंगलादेश लगायत अन्य देशमा जान्छ, यसतर्फ दुतावासले बेलैमा सोच्नुपर्छ ।’  

एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने ‘मैले कामगर्दै आएको साउदीको एक कम्पनीले ५७ जना नेपाली श्रमिक भर्खरै मात्रै लगेको छ, सोहि कम्पनीले थप ३ सय जना नेपाली श्रमिक माग गरेको छ तर रोजगारदाता कम्पनी मागपत्र प्रमाणीकरणको लागि दुतावासमा जाँदा मागपत्र प्रमाणीकरण हुँदैन । ती व्यवसायीले भने ‘यदि रोजगारदाता कम्पनीमा समस्या थियो भने नयाँ थप श्रमिक लिन्छ र ? स्वास्थ्य प्रोटोकल लगायत सरकारले तोकेका मापदण्ड पुरा गरेर नै नेपाली श्रमिक लैजान्छु भन्दा नेपाली दुतावास किन बाधक बनिरहेको छ ? यस विषयमा दुतावासले जवाफ दिनुपर्छ ।’ 

नेपाली श्रमिक लिने तयारीमा रहेका रोजगारदाता कम्पनीले मागपत्रको चेम्बर गरेर दुतावास गएका तर दुतावासले मागपत्र प्रमाणीकरण नगरी फर्काउँदा रोजगारदाता कम्पनी आजित बनेका व्यवसायीहरु बताउँछन् ।

साउदीमा कोरोना महामारीकै बिच पनि होटल, कन्स्ट्रक्सन, सुपरमार्केट लगायतका क्षेत्रहरुमा नेपाली श्रमिकको माग बढ्दै गएको व्यवसायीको भनाई छ । ‘रोजगारदाता कम्पनीले नेपाली श्रमिक लिएर समस्या भयो भने श्रमिक नै लिंदैन, अवस्था ठीक भएर नै श्रमिकको माग गरिएको छ तर यो विषय नेपाली दुतावासले किन बुझ्न सक्दैन ?’ साउदीमा नेपाली श्रमिक पठाउँदै आएका एक व्यवसायीले भने ।   

निर्देशन नभएसम्म दुतावासले मागपत्र प्रमाणीकरण गर्दैन : राजदुत

म्यानपावर व्यवसायीले मागपत्र प्रमाणीकरण दुतावासले नै रोकेको आरोप लगाईरहंदा दुतावास भने त्यो मान्न तयार छैन । दुतावासले आफ्नो कारण नभई साउदी सरकारले नयाँ निर्णय नगरेका कारण मागपत्र प्रमाणीकरण गर्न नसकिएको बताउँछन् । 

साउदीस्थित नेपाली दुतावासले नयाँ डिमाण्डको मागपत्र प्रमाणीकरणको काम किन नखुलाएको भन्ने साझा सबालको प्रश्नमा राजदुत डा. महेन्द्र प्रसाद सिङ राजपुतले साउदीले नयाँ कामदार भित्र्याउने सम्बन्धमा कुनै निर्णय नगरिसकेकोले मागपत्र प्रमाणीकरणको काम दुतावासले शुरु नगरेको बताउँछन् । 

राजदुत राजपुतले भने ‘साउदी सरकारले जब अनुमति दिन्छ तब हामी प्रमाणीकरणको काम गर्छौं, अहिले नयाँ कामदारको लागि यहाँको सरकारले अनुमतिनै दिएको छैन । यस्तो अवस्थामा कामदारको मागपत्र प्रमाणीकरण गर्दा नेपालीहरु थप समस्यामा पर्न सक्छन् । यहाँको सरकारले नेपाल मात्र होइन अन्य देशबाट पनि नयाँ कामदार ल्याउन दिएको छैन ।’  

‘नेपालीहरुलाई साउदी अरवीयाले रिइन्ट्री (पुन: प्रवेश)को अनुमति दिएको छ, भारतलाई त यो सुविधा समेत दिएको छैन । नेपालीले रोजगारीको लागि साउदी आउन पाउन हामीले पनि चाहिरहेको कुरा हो, यसलाई खोल्न हामीले उच्च निकायहरुलाई भेटिरहेका छौं ।’ उनले भने 

राजदुत राजपुतले साउदीले हालसम्म नयाँ कामदार लैजाने सम्बन्धमा कुनै निर्देशन नदिएको र त्यस्तो निर्देशन नभएसम्म दुतावासले मागपत्र प्रमाणीकरणको काम नगर्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली