2026-10-17 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारभरिबाट अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गर्न सकिने

पुस १, काठमाडौं । आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति (रि-इन्ट्री) सुविधा लिन पाउने भएका छन् । यसले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुन सक्नेछन् ।

सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ । यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट-वेमार्फत बीमा र वैदेशिक रोजगर कल्याणकारी कोषको रकम तिर्न सकिने छ । विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट-वेसँग सम्झौता गरेको छ ।

आईएमई पे, ई-सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।

योसँगै विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यता हट्ने वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि न्यौपानेले बताए । श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम रि-इन्ट्रीको सुविधा पाउनेछन् ।

‘एकपटक श्रम स्वीकति लिएकाहरुले संसारको जुनसुकै कुनामा बसेर पनि श्रमको रि-इन्ट्री अनलाइनबाटै गर्न सक्नेछन्,’ उनले भने,’देशमै आएपनि पुनः श्रम स्वीकति लिन वैदेशिक रोजगार कार्यालय ताहाचलमा जानैनपर्ने गरी प्रणाली बनाएका छौं ।’

विदेशमा आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अनलाइनमार्फत नै श्रमको रि-इन्ट्री गर्नसक्ने उनले बताए । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि-इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएर आएपछि गोकर्ण बिष्टले यो व्यवस्था गर्न अग्रसारता देखाएका थिए । धेरै पटक विदशेबाटै रि-इन्ट्रीको सुविधा दिँदा कामदार स्वेदेश नै फर्किन नचाहने पनि हुन सक्ने भएकाले दुईपटक मात्रै यस्तो सुविधा दिइएको हो ।

यो व्यवस्थापछि श्रम स्वीकृति लिएर गएपनि अवधि सकिएपछि विदेशमै बसिरहनु परेका श्रमिकलाई पनि श्रम स्वीकृति लिन सहज हुनेछ । यो व्यवस्थापछि श्रम रि-इन्ट्री नगरेका कारण समस्या पर्दा वैदेशिक रोजगार कल्याणकारी कोषबाट सुविधा पनि नपाउने अवस्था अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु