2026-10-17 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जाने ९५.७ प्रतिशतले घटे, तर रेमिट्यान्स १२.६ प्रतिशतले बढ्यो

पुस १, काठमाडौँ | कोरोना महामारीको कारण वैदेशिक रोजगारमा जानेहरुको संख्या गत वर्षको तुलनामा ह्वात्तै घटेपनि रेमिट्यान्समा भने ५.१ प्रतिशतले वृद्धि भएको छ । 

अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने कामदारको संख्या गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९५.७ प्रतिशतले कमि भएको छ । 

मन्त्रालयका अनुसार गत आर्थिक बर्षको पहिलो चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा ७९ हजार ६८० जना वैदेशिक रोजगारमा गएका थिए भने यो बर्षको चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा वैदेशिक रोजगारमा जानेको संख्या जम्मा ३ हजार ४६३ जना रहेको छ । 

गत वर्षको तुलनामा वैदेशिक रोजगारमा जानेहरुको संख्या ह्वात्तै घटेपनि आर्थिक वर्ष २०७७/७८को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा विदेशबाट आउने विप्रेषण गत आर्थिक वर्षको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ । मन्त्रालयको अनुसार यो आर्थिक बर्षको पहिलो तीन महिनामा रु. २ खर्व ५८ अर्व ८६ करोड रेमिट्यान्स भित्रिएको छ । गत बर्षको यही अवधिमा २ खर्व २९ अर्व ८६ करोड थियो । जुन यो वर्षको तुलनामा ५.१ प्रतिशत कम हो । कोरोना महामारीको समयमा समेत विप्रेषण आप्रवाह बढेको अर्थ मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु