2026-10-17 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आप्रवासी श्रमिकको अभिलेखीकरण गर्न आग्रह

पुस ४,  काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ महामारीका कारण रोजगारी गुमाई नेपाल फर्केका आप्रवासी नेपाली श्रमिकको अभिलेखीकरण गरी प्रभावकारी पुनःएकीकरणका लागि सरकारसँग आग्रह गरेको छ आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्घीय सरकार, प्र्रदेश सरकार एवं सम्बद्ध अन्य सङ्घ संस्थासँग समन्वय गरी कार्य गर्न सबै स्थानीय निकायलाई उक्त आग्रह गरिएको हो ।

रोजगारीका गन्तव्य मुलुकबाट कोभिड–१९ महामारीका कारण पारिश्रमिक तथा सुविधा नपाएका, कामबाट निष्काशन गरिएका, अलेखबद्ध श्रमिक एवं घरेलु महिला श्रमिकको अवस्थाप्रति गम्भीर भई न्यायोचितरुपमा समस्याको समाधान गर्न विज्ञप्तिमा भनिएको छ ।

व्यवसाय तथा मानवअधिकार संरक्षणका सिद्धान्तलाई अवलम्बन गरी कार्य गर्नसमेत यस क्षेत्रमा कार्यरत सबै निजी संस्थालाई अनुरोध गर्दै सबै आप्रवासी कामदार तथा उनका परिवारको संरक्षणसम्बन्धी संयुक्तराष्ट्र सङ्घीय महासन्धि, १९९० एवं घरेलु कामदारसम्बन्धी अन्तरराष्ट्रिय श्रम सङ्गठन अभिसन्धि नं १८९ (२०११) लाई अनुमोदन गर्न गरेको सिफारिसको कार्यान्वयनका लागि आयोगले सरकारलाई पुनःस्मरण गराएको छ ।

विश्व आप्रवासन दिवस (डिसेम्बर १८) को सन्दर्भमा  आयोगले सम्पूर्ण आप्रवासी कामदार तथा उनका परिवारका सदस्यमा हार्दिक शुभकामना व्यक्त गरेको छ । आयोगले यसै सन्दर्भमा मलेशियामा रहेका आप्रवासी नेपाली श्रमिकको मानवअधिकार संरक्षण र सम्वद्र्धनका सम्बन्धमा आयोगको मलेशिया (सुहाकाम)सँग छलफल गरेको थियो ।

आयोगको मलेशियाका सदस्य जेराल्डजोसेफ तथा आयोगका सचिव वेदप्रसाद भट्टराई, मलेशियास्थित विभिन्न शहरका नेपाली श्रमिक प्रतिनिधि, नेपाली दूतावासका प्रतिनिधि, कन्सुलर सेवा विभाग नेपाल, वैदेशिक रोजगार विभाग तथा आप्रवासन क्षेत्रमा कार्यरत मानवअधिकारकर्मीको सहभागिता रहेको थियो ।

नेपाल तथा मलेशियामा रहेका दुवै देशका आप्रवासी श्रमिकको मानवअधिकार उल्लंघन भएको अवस्थामा उजूरी ग्रहण गर्ने, दुई आयोगबीच उजूरी प्रेषण तथा सूचना आदानप्रदान, अनुगमनलगायतका विषयमा प्राथमिकताका साथ कार्य गर्ने सहमति भएको छ । समझदारी पत्रानुसार समस्यामा परेका कुनै पनि आप्रवासी नेपाली श्रमिकले उजूरी गर्न सक्नेछन् ।

नेपाली आप्रवासी श्रमिकको मानवअधिकार संरक्षणका लागि नोभेम्बर १४, २०१९ मा दुई आयोगबीच भएको समझदारी पत्र डिसेम्बर १७, २०२० बाट लागू हुने गरी पुनः एक वर्षको समयावधि थप हुने गरी हस्ताक्षर भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु