पढ्न करिब 1 मिनेट लाग्छ

पुस ५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णु गैह्रे नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत नेपाल वैदेशिक रोजगार फोरमको सभापतिमा मनोनयन भएका छन् ।महासंघको मङ्सिर २६ गते बसेको दोस्रो कार्य समितिको बैठकको निर्णय अनुसार गैह्रे नेपाल वैदेशिक रोजगार फोरमको सभापतिमा मनोनयन भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनमा गैह्रे महासंघको बस्तुगत तर्फको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका थिए । नेपाल उद्योग वाणिाज्य महासंघको ५४ औं वार्षिक साधारणसभा एवं अधिवेशनबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी र बस्तुगत समूहका कार्यकारिणी समितिको सम्मानमा व्यवसायी संघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा महासंघ अध्यक्ष गोल्छाले वैदेशिक रोजगारको महत्वपूर्ण भूमिकालाई थप उजागर गर्न महासंघले वैदेशिक रोजगार फोरम बनाउने घोषणा गरेका थिए ।