2026-10-17 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान रोजगारीमा एकाधिकार मान्य छैन : व्यवसायी संघ

पुस ५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जापान रोजगारीका लागि मुख संस्थाको मिलेमतोमा वैदेशिक रोजगार ऐन, २०६४ को बिरुद्ध निर्देशिका तयार पारी एकाधिकार लाद्न खोज्ने कार्य प्रति घोर भत्सना गरेको छ । संघ महासचिव सुजित कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै एकाधिकारको पक्षमा नलाग्न र गैर कानुनी कार्य नगर्न नगराउन सबैमा अनुरोध गरेका छन् ।

निर्दिष्ट सिपयुक्त कामदार का रुपमा जापानमा कामदार पठाउन नेपाल सरकारले २०७५ साल चैत्र ११ गते जापान सरकारसँग जी टु जी अन्तरगत निष्पक्ष तथा निःशुल्क कामदार भर्तिको लागि जापान सरकारसँग एमओयु गरेको थियो । श्रम सम्झौता भएको २ वर्ष हुन लाग्दा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले निर्दिष्ट सिपयुक्त कामदार पठाउने सम्वन्धमा कुनै कार्य नगरेको संघले ठहर गरेको छ ।

श्रम मन्त्रालयले तयार गरेको “निर्दिष्ट सिपयुक्त, कामदारको रुपमा जापानमा रोजगारी लागि श्रम स्विकृति सम्वन्धी निर्देशका २०७७” मा सहयोगी संस्थाको नाममा विचौलिया (एजेन्ट)राखि जापानमा रोजगारीको अवसर खोज्ने, माग पत्र संकलन गर्ने, रोजगारदाता कम्पनीको मूल्याकंन गर्ने र मागपत्र प्रमाणिकरण गर्न दुतावासलाई सहयोग गर्न जिम्मा दिने गरि एकाधिकार (सिण्डिकेट) गर्न खोजिएको सम्वन्धि समाचार प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ । 

“नेपाल वैदेशिक रोजगार व्यवसायी संघ खुल्ला पारदर्शि र प्रतिष्पर्धामक व्यवसायमा विश्वास गर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजतपत्र प्राप्त सम्पुर्ण ८५४ व्यवसायीहरुले व्यवसाय गर्न पाउनु पर्ने मान्यता राख्दछ । अमुख संस्थाको मिलेमतोमा बैदेशिक रोजगार ऐन २०६४ को बिरुद्ध निर्देशिका तयार पारी एकाधिकार लाद्न खोज्ने कार्य प्रति नेपाल बैदेशिक रोजगार व्यवसाय संघ घोर भत्सना गर्दछ साथै यस्ता एकाधिकारको पक्षमा नलाग्न र गैर कानुनी कार्य नगर्न नगराउन सबैमा यसै बिज्ञप्ती मार्फत अनुरोध गर्दछौ ।” संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु