2026-10-17 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

पुस ६, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले विभिन्न स्थानमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ | राजदूतावासले दूतावास रहेको शहर(रियाद) भन्दा टाढा रहेका  सेवाग्राहीलाई उनीहरुको पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्न लागिएको हो |

राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागिएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ | जस अनुसार, शुक्रबार २५ डिसेम्बर २०२० बिहान ८ बजे देखि मुगल रेस्टुरेन्ट  दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट) ग्रिन सपिंग सेन्टर संगै दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राखिने भएको छ | 

दूतावासका अनुसार राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकाहरूलाई पहिलो प्राथमिकता दिइने छ | त्यसका लागि अनलाइन फाराम भर्न र बाँकी रहेकाहरूले तल उल्लेखित सम्पर्क व्यक्तिहरूको सहयोगमा  https://forms.gle/pryfMdChxs2QHCPi6 लिंकबाट अनलाइन फाराम भरी पठाउन दूतावासले आग्रह गरेको छ |

हेर्नुहोस तल दिइएको स्थान र समयमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गरिनेछ :

१.दमाम  

शुक्रबार २५ डिसेम्बर २०२० बिहान ८ बजे देखि राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गरिने छ :

स्थानः मुगल रेस्टुरेन्ट  दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट) ग्रिन सपिंग सेन्टर संगै

२. हायल

(अरार, सकाका क्षेत्रबाट धेरै संख्यामा आवेदन नपरेको हुँदा त्यस क्षेत्रका आवेदकहरू समेत हायल आउनु हुन अनुरोध छ)

शुक्रबार ०१ जनवरी २०२१ बिहान ८ बजे देखि

स्थानः गोर्खा होटल, हायल

सम्पर्क व्यक्तिः- शालिकराम पाण्डे  सम्पर्क नं. ०५६०९३७१३०

३. अल कासिम

शनिबार ०२ जनवरी २०२१  बिहान ८ बजे देखि

स्थानः- Hotel Sukari

बुराइदाको लागि सम्पर्क व्यक्तिः-  

विशाल श्रेष्ठ- ०५३५४७०२५३   योगेन्द्र श्रेष्ठ- ०५८३३७०२५०    

कृष्ण अधिकारी- ०५३२८९५३०८

ओनाइजाको लागि सम्पर्क व्यक्तिः 

विष्णु प्रसाद पाण्डे- ०५८१२५०७९२   कर्ण बहादुर नाल्बो- ०५५८०९५०९९

४. अल हासा

शुक्रबार ०८ जनवरी २०२१  बिहान ९ बजे देखि

सम्पर्क व्यक्तिः आफ्रोज अलाम

सम्पर्क नं. ०५३४४७०३२३

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु