2026-10-17 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको टप ग्लोव्स कम्पनी नेपालीलाई निकाल्ने निर्णयबाट पछि हट्यो

पुस ८, काठमाडौं । मलेसियामा कोरोना भाइरस (कोभिड-१९) को समस्याका समयमा सामाजिक दुरी कायम नगरेको तस्वीर अन्यलाई पठाएको अभियोगमा कामबाट निकालिएका एक नेपालीलाई कामबाट निकाल्ने निर्णयटबाट टप ग्लोव्स कम्पनी पछि हटेको छ । कम्पनीको सूचना चुहाएको अभियोगमा यसघि निकालिएको भनिएका २७ वर्षीय युवराज खड्काले कुनै कारवाहीको भागिदार हुनु नपर्ने र कम्पनीमा श्रमिकका गुनासो सुन्नका लागि तीन वटा हेल्पलाइन सुरु गरिएको टप ग्लोव्सले जनाएको हो ।

बेलायती सञ्चार माध्यम रोयटर्सका अनुसार खड्काले गत मे महिनामा श्रमिकको भिडभाड झल्किने दुईवटा तस्वीर खिचेका थिए र अधिकारकर्मीलाई पठाएका थिए । कम्पनीले सुरुमा खड्कालाई रोजगारीबाट निकाल्ने निर्णय गरेपनि अन्तराष्ट्रिय मञ्चहरुमा सो विषयमा पुनः विवाद सुरु हुन सक्ने र यसले कम्पनीलाई क्षति पुग्ने निश्कर्ष सहित कारवाही फिर्ता लिएको अनुमान गरिएको छ । टप ग्लोव्सका एक व्यवस्थापकले एक रेडियो अन्तर्वार्तामा आफूहरुले यस विषयमा कम्पनीका सल्लाहकारहरुसँग छलफल गरेको र सोका आधारमा पछिल्लो निर्णय गरिएको बताएका हुन् ।

सो घटनापश्चात टप ग्लोव्सले तीनवटा हेल्पलाइन सुरु गरेको छ । एउटा श्रमिकको गुनासो सुन्न कम्पनीले नै सञ्चालन गर्नेछ भनें एउटा कम्पनीको सल्लाहकार तथा अर्को अडिट गर्ने कम्पनीले व्यवस्थापन गर्नेछ । ति व्यवस्थापकले खड्काले कम्पनीलाई कुनैै सुझाव नदिएको तर समस्यामा सुधार गरिसकिएको बताएका छन् । टप ग्लोव्स मलेशियामा कोरोना भाइरसका संक्रमित धेरै फेला परेको कार्यस्थल हो जहाँ यहि महिना ५ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए । अन्य ग्लोव्स कम्पनीहरुमा पनि ठूलै संख्यामा श्रमिक कोरोनाको संक्रमणमा परेको समाचार सार्वजनिक भएका छन् । गत हप्ता टप ग्लोव्स कम्पनीमा कार्यरत एक नेपालीले कोभिड-१९ को संक्रमणका कारण नै ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु