कोरोनाको नयाँ प्रकार : संक्रमण फैलिन थालेपछि सतर्कता अपनाउन कतार स्थित दूतावासको आग्रह

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

पुस १३, काठमाडौँ | कतारमा कोभिड-१९ को संक्रमण पूर्णरुपमा न्यूनीकरण नभएको भन्दै कतार स्थित नेपाली दूतावासले सतर्कता अपनाउँन आग्रह गरेको छ | सोमबार दूतावासले सूचना जारी गर्दै कतार सरकारले चालेका सुरक्षा र सतर्कताका उपायहरु पालना गर्न आग्रह गरेको हो |

हाल कतारका छिमेकी मुलुकहरुमा कोभिड संक्रमण बढीरहेको छ | त्यस्तै युरोपेली मुलुकहरुमा कोभिड-१९ का नयाँ प्रकारका संक्रमणहरु देखापरेकाले कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु

पूर्णरूपमा पालना गर्न राजदूतावासले भनेको छ |

"तोकिएको संख्याभन्दा बढी हुने गरी अनावश्यक भिडभाड नगर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, बेला बेलामा साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता आवश्यक स्वास्थ्य सतर्कता अपनाउन दूतावास हार्दिक अपिल गर्दछ |" दूतावासले जारी गरेको सूचनामा भनिएको छ |

त्यस्तै पर्व उत्सवहरू मनाउदा,स्थानीय नियम कानून तथा संस्कृति अनुरूप मर्यादित तवरले तथा भिडभाड नगरी मनाउन दूतावासको आग्रह छ |

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply