2026-10-17 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनबाट पुनः श्रम स्वीकृति सम्बन्धी बैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना

पुस १५, काठमाडौँ | बैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (FEIMS) बाट शुक्रबारदेखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने भएका हुन् । 

यसरी अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्य १७ पुस अर्थात (सन् २०२१ जनवरी ०१) बाट सुचारु हुने बैदेशिक रोजगार विभागले जनाएको छ | विभागका अनुसार एकपटक विभागको अनलाइन प्रणालीबाट Biometrics (Iris आँखाको स्क्यान बा Fingerprint औंठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाहरुले अनलाइन पुनः श्रम स्वीकृति सेवा लिन सक्ने छन् |

त्यस्तै अनलाइन मार्फत पुनः श्रम स्वीकृतिको लागि सेवा प्राप्त गर्न बैदेशिक रोजगार विभागको वेबसाइट dofe.gov.np को *अनलाइन श्रम स्वीकृति (FEIMS)’ मार्फत फारम भर्नुपर्ने छ । फारम भरिसकेपछि शाखा छान्ने बेलामा Online Branch छान्नुपर्नेछ ।

श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन Reject भएमा त्यसको कारण सहितको SMS आवेदकको मोबाइल नं र आवेदन गर्दाको User Account मा सूचना जाने भएकाले आफ्नो मोवाइल नं र इमेल ठेगाना सही भर्नुपर्ने छ | त्यस्तै  श्रम स्वीकृतिको लागि आवेदन गर्दाको Username र Password सुरक्षित राख्नुपर्नेछ ।

 श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको FEIMS को User Account र इमेल ठेगाना दुबैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेभएकाले आवेदक आफैले आवश्यकता अनुसार प्रिण्ट गर्न सकिनेछन । 

त्यस्तै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भूक्तानी प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिनेछ । यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क लाग्दैन । यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति गर्दा कार्यालय उपस्थित भइरहनुपर्ने समस्याबाट सहज हुने भएकाले उक्त सेवाको प्रयोग गर्न विभागले आग्रह गरेको छ |

अनलाइनबाट पुन: श्रम स्वीकृति, यी ६ कागजात चाहिन्छ
http://sajhasabal.com/foreign-jobs-information/72718

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु