2026-10-17 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसाको धन्दा : ७ दिनदेखि गेष्ट हाउसमा युवाहरु बन्धक, म्यानपावरमा विभागको छापा

मनोज पराजुली । पुस २०, काठामाडौं । वैदेशिक रोजगार विभागले भिजिट भिसामा श्रमिक विदेश पठाउन सक्रिय बेबीस्टार इन्टर्नेशनल प्रा .लि (लाइसेन्स नम्बर १०८१/०७३/७४) मा छापा मारेको छ । भिजिट भिसामा जान लागेका युवाले आफुहरु ठगिएको भन्दै विभागमा दिएको उजुरीका आधारमा उक्त म्यानपावर कम्पनीमा विभागले छापा मारेको हो ।

विभागले म्यानपावर कम्पनीबाट भिजिट भिसाका शंकास्पद कागजात सहित १५ थान पासपोर्ट समेत बरामत गरेको विभागका अनुगमन अधिकृत कुशल बरालले साझा सबाललाई जानकारी दिए । म्यानपावर संचालकलाई बुधाबर विभाग उपस्थित हुन पुर्जी काटिएको बरालले जानकारी दिए ।

७ दिनदेखि गेष्ट हाउसमा युवाहरु बन्धक…

सोमबार दिउँसो वैदेशिक रोजगार कार्यालयमा केहि युवाहरुले गुनासो टिपाए.. भिजिट भिसामा हामीलाई ठगियो आवश्यक कारवाही गर्नुपर्यो । सिराहा जिल्लाका ९ युवाले वैदेशिक रोजगारमा भिजिट भिसामा भन्दै  ठगिएको भन्दै विभागमा उजुरी दिएपछि विभागको टोली आकष्मिक अनुगमनमा निस्किएको थियो । 

माथिको तस्बिरमा भिजिट भिसाका लागि ७ दिनसम्म होटलमा बसेका युवा 

विभाग टोलीले उजुरी परेको म्यानपावर कम्पनीमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएपछि पीडित युवाहरुको उजुरीका आधारमा नै उनीहरु बसेको होटलमा विभाग टोली पुग्यो ।

गौशालामा रहेको रोयल सिराहा होटल एण्ड गेष्ट हाउसमा विभाग र नेपाल प्रहरी सहितको टोली पुग्छ, संयुक्त टोली भिजिट भिसामा कारोबार गर्ने म्यानपावर संचालक सहित एजेन्ट खोज्दै विभाग टोली होटलमा पुग्दा २ युवा कम्मल ओडेर सुतिरहेका थिए । यो समय थियो सोमबार दिउसो २ बजेको…

भिजिट भिसामा युएई लैजाने भन्दै ६ दिनदेखि होटलमा राखिएको पीडित अफजल मिंयाले साझा सबाललाई जानकारी दिए । हामीलाई विगत ६ दिनदेखि यस होटलमा राखिएको छ आज भोलि भन्दै ६ दिन भैसक्यो पीडित मिंयाले भने “भिजिट भिसा भन्ने बारे थाहा पाएपछि साथीहरुले विभागमा उजुरी दिएका हुन् ।” 

ठगिएका युवाहरुमा बिष्णु यादव, गंगु यादव, बच्चु पासवान, रामकुमार पासवान, कारिमा पासवान. श्याम कुमार पासवान र दिपेन्द्र पासवान रहेका उनले बताए । उनीहरुले श्याम सुन्दरले नै भिजिट भिसामा मा नै पठाउन भन्दै विगत एक हप्तादेखि होटलमा राखेको उनीहरुले बताएका छन् ।” 

विभाग टोलीले उक्त होटलबाट २ जनाको भिजिट भिसा लागेको टिकट सहित पासपोर्ट समेत बरामत गरेको छ । श्याम सुन्दर शाहले नै अन्य युवाहरुको पासपोर्ट राखेको उनीहरुले बताएका छन् तर विभाग टोलीले म्यानपावर कम्पनी र होटलमा पासपोर्ट भेटेको छैन । विभागले यसबारे थप अनुसन्धान गर्ने र आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु