2026-07-27 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको डिमाण्ड किन्न म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धा बढ्यो,श्रमिकको लागत डेढ लाख

मनोज पराजुली । पुस २१, काठमाडौँ । वैदेशिक रोजगारीको लागि कतारबाट आउने डिमाण्डलाई आफ्नो कम्पनी माताहत ल्याउन म्यानपावर व्यवसायी बिचको अस्वस्थ प्रतिश्प्रधा तीब्र बनेको छ । कोरोना महामारीका बिच खुलेको वैदेशिक रोजगारमा आफ्नो अस्तित्व देखाउंदै कमाउ धन्दा चलाउन केहि म्यानपावर कम्पनीहरुले चलखेल बढाएका छन् । 

“विगतमा हाम्रो म्यानपावर कम्पनीलाई कतारको रोजगारदाता कम्पनीले सेवा शुल्क सहित श्रमिकको लागि सम्पूर्ण लागत खर्च दिने गर्दथ्यो तर कोरोना महामारी पश्च्यात नेपालकै अर्को म्यानपावर कम्पनीले सेवा शुल्क सहित कुनै सुविधा दिन नपर्ने बरु उल्टै कति रकम चाहिन्छ नेपालबाटै रोजगारदातालाई रकम उपलब्ध गराउने भनेछ अहिले उक्त कम्पनीको डिमाण्ड नै अर्को म्यानपावरले लग्यो” एक व्यवसायीले साझा सबालसंग भने । 

नेपालबाटै विदेशको रोजगारदातालाई रकम दिने गरि डिमाण्ड ल्याउँदा अवश्य पनि त्यो लागत कतार जाने श्रमिकको थाप्लोमा नै पर्छ ती व्यवसायीले भने “अबका दिनमा त्यस्ता डिमाण्डमा जाने श्रमिकले न्यूनतम पनि डेढ लाख भन्दा बढी खर्च गर्नुपर्ने अवस्था आउंदै छ ।” कतारका ठुला कम्पनीले एक महिनाको तलब बराबर र अन्य कम्पनीले आधा महिनाको तलब बराबर सेवा शुल्क म्यानपावर कम्पनीलाई दिने गरेका छन् तर पाउँदै आएको उक्त सुविधालाई पनि लत्याउँदै व्यवसायी व्यवसायी बिच नै कमिसन बढाबढामा लागेका हुन् । 

कतारले गत अगष्टमा नै आप्रवासी श्रमिकबीच भेदभाव नरहने गरी न्यूनतम तलब निर्धारण गर्ने तथा रोजगारदाता परिवर्तन गर्न पाउने कानुन स्वीकृत गरिसकेको छ ।  यो नयाँ नियमअनुसार कतारमा काम गर्ने श्रमिकको न्यूनतम तलब एक हजार रियालका अलावा खाना र बसोबासका लागि क्रमशः ३ सय र ५ सय रियाल हुनेछ । खाना र आवास सुविधा उपलब्ध गराउने रोजगारदाताले न्यूनतम तलब मात्रै दिए हुन्छ । मार्चबाट यो नियम लागू हुने भएपनि जनवरीबाटै नै कतारका कम्पनीहरुले लागू गरिसकेका व्यावसायीले बताएका छन् । यसका कारण पनि कतार नेपाली श्रमिकको लागि उचित श्रम गन्तव्य हुने आकलन गर्दै डिमाण्ड ल्याऊन प्रतिष्पर्धा गर्दै आएका व्यवसायीले बताउंछन् । 

विकल्प नहुँदा चलखेल बढ्यो

नेपालको श्रम गन्तव्य मुलुकहरुमा मलेसिया, कतार, युएई, साउदी, कुवेत लगायत रहेका छन् । मलेसियाले हालसम्म नयाँ विदेशी श्रमिक लिने घोषणा गरिसकेको छैन भने साउदीस्थित नेपाली दुतावासले डिमाण्ड प्रमाणीकरण नै शुरु गरेको छैन । युएईले सरकारी र गैर सरकारी कम्पनीको लागि मात्र विदेशी कामदार लिने निर्णय गरेको छ जसका कारण पनि विदेशबाट आउने डिमाण्ड नगन्य रहेको छ । 

ओमान, बहराइन लगायतका अन्य देशबाट न्यून संख्यामा डिमाण्ड आउने गर्दछ कतारबाट पयाप्त मात्रामा डिमाण्ड नहुँदा पनि भएकै कम्पनीका डिमाण्ड खोस्न म्यानपावर व्यवसायी बिच कमिसन बढाबढ गर्दै डिमाण्ड हत्याउने क्रम बढेको व्यवसायीले बताउंदै आएका छन् । ९ महिना बन्द भएको वैदेशिक रोजगारमा डिमाण्ड आउन थालेपछि व्यवसायी बिच प्रतिस्पर्धा हुनु स्वाभाविक हो एक व्यवसायीले नाम नबताउने शर्तमा भने “रोजगारदाता कम्पनीमा सबै विदेशी नै काम गर्दछन् सबै कमाउनकै लागि बसेका हुन्, एकातिर साउदी मलेसिया लगायत देशबाट डिमाण्ड आउने अवस्था छैन भने अर्कोतिर भएका डिमाण्डमा दुतावास देखि वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीलाई कोटा गनेर रकम बुझाउनुपर्छ यस्तो अवस्थामा उक्त लागत श्रमिकबाटै त लिनुको विकल्प छैन ।” 

मारमा श्रमिक 

सरकारले २०७२ असारबाट मलेसिया सहित खाडीका फ्री भिसा फ्री टिकट व्यवस्था सहित बढीमा १० हजारसम्म सेवा शुल्क म्यानपावर कम्पनीले लिन पाउने व्यवस्था गरेको थियो । हाल मलेसिया र युएईसंग श्रम सम्झौता गरि श्रमिकले कुनैपनि सेवा शुल्क म्यानपावर कम्पनीलाई तिर्नु नपर्ने व्यवस्था गरिएको छ भने खाडीका अन्य देशमा भने जाने नेपाली श्रमिकले म्यानपावर कम्पनीले बढीमा १० हजारसम्म मात्र सेवा शुल्क लिन पाउने प्रावधान छ तर रोजगारदाता कम्पनीले सेवा शुल्क दिएको अवस्थामा त्यो सेवाशुल्क पनि लिन नपाउने व्यवस्था छ । तर यस नियम बिपरीत अहिलेपनि कतार जाने नेपाली श्रमिकले न्यूनतम १ लाख देखि माथि रकम सेवा शुल्कको रुपमा म्यानपावर कम्पनीलाई बुझाउने गरेका छन् । श्रमिकसंग एजेन्ट जोडिएको अवस्थामा यो लागत अझ बढी हुने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन