2026-10-16 09:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

पुस २६, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसको संक्रमण फैलिएकाले उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ | पछिल्लो समय युरोपमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार युएइमा पनि फैलिएको हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाउँन दूतावासले अनुरोध गरेको हो |

युएइको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार शनिबार मात्रै एकै दिन २,९९८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ | कोभिड-१९ को यो नयाँ स्वरूप अझ बढी संक्रामक रहेको बताइएको छ | युएइ सरकारले अवलम्बन गरेबमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ |

कोभिड-१९ संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्ने, सामाजिक जमघट, भीडभाड आदिबाट टाढै रहने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, मास्क एवं स्यानिटाइजरको नियमित प्रयोग गर्नेलगायतका कार्यहरू नियमित एवं अझ प्रभावकारी रूपमा पालना गर्न दूतावासले भनेको छ | 

युएइ सरकारले कोभिड-१९ विरुद्धको खोप सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा युएइमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरूका लागि नि: शुल्क रूपमा उपलब्ध गराइरहेको जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु