2026-09-04 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीस्थित नेपाली दूतावासले ११ माघबाट मागपत्र प्रमाणीकरण गर्ने

पुस २७, काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले आगामी माघ ११ गतेदेखि मागपत्र प्रमाणीकरण शुरू गर्ने भएको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । 

सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरेको करीब ७ महिनापछि साउदीस्थित नेपाली दुतावासले  नयाँ मागपत्र प्रमाणीकरण गर्ने सूचना जारी गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी  मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यबसायी एसोसिएसन लगायतका संघसंस्थाले मागपत्र प्रमाणीकरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागदेखि परराष्ट्र मन्त्रालयलाई पटक पटक ध्यानाकर्षण गराएका थिए ।

राजदूतावासले यस अघि  गतवर्ष  २०७६ फागुन ४ मा प्रकाशन गरेको सूचना बमोजिम मागपत्र प्रमाणीकरण कार्य अनलाइन प्रणालीबाट मात्र हुने जनाएको छ । मागपत्र प्रमाणीकरणका लागि २४ जनवरी २०२१ भन्दा अघि प्राप्त हुने कागजात उपर कुनै कारवाही नगरिने दूतावासले जनाएको छ ।

अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजातहरू राजदूतावासको वेवसाइटबाट प्राप्त गर्न सकिने दूतावासले जनाएको छ ।

कोभिड(१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै दुतावनसले साउदी सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल एवं कोभिड(१९ संक्रमणका कारण साउदी श्रम बजारमा परेको प्रभावकावीच कामदारको रोजगारीको सुनिश्चिततालाई मध्यनजर गर्दै मागपत्र प्रमाणीकरण कार्यलाई सीमित संख्याबाट सावधानीपूर्वक शुरू गरी आवश्यकता अनुसार चरणवद्धरूपमा बिस्तार गर्दै लगिने बताएको  छ । 

साउदी अरबले घोषणा गरेको श्रम सुधार योजना  आगामी १४ मार्च २०२१ बाट लागू हुने  भन्दै दूतावासले त्यसलाई समेत दृष्टिगत गरी मागपत्र प्रमाणीकरण भएपछि आउने कामदारहरु उक्त मिति पछि मात्र साउदी अरबमा आउने व्यवस्था मिलाउन  इजाजतपत्रवाला संस्थाहरूलाई  आग्रह गरेको छ ।

कोभिड-१९ संक्रमण शुरू हुनु अगाडि मागपत्र प्रमाणीकरण गरी लगेका रोजगारदाताले आफ्नो कम्पनीमा ती मागपत्रबाट हालसम्म कामदार ल्याई नसकेको अवस्था भए यसरी आउने कामदारलाई विद्यमान अवस्थामा पनि रोजगारी दिन सक्षम छ भन्ने लागेमा सो पुष्टि गर्ने कागजातलाई च्याम्बर गरी पेश गर्न सकिने दुतावासले जनाएको छ ।

मागपत्र प्रमाणीकरणसंग सम्बन्धित विषयमा समस्या सिर्जना भई राजदूतावासका अधिकारीसंग भेटघाट गर्नैपर्ने अवस्था आएमा राजदूतावासको इमेल वा टेलिफोनमार्फत् अपरान्ह २ देखि ४ बजेसम्म मात्र अनिवार्यरूपमा अग्रिम समय  लिएर भेट गर्नु पर्ने  भन्दै भेटघाटको लागि रोजगारदाता कम्पनीको हकमा मानव संशाधन व्यवस्थापक वा सो भन्दा माथिको प्रतिनिधि र इजाजतपत्रवाला संस्थाको हकमा संचालक वा प्रमुख स्वयं वा निजको वैदेशिक रोजगार विभागको परिचयपत्र वाहक प्रतिनिधि हुनुपर्ने अनिवार्य गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल