2026-10-17 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र ओमान बीच हुने श्रम सम्झौताको तयारी, फ्रि भिसाको लागि राजदूत ढकालको आग्रह

माघ १, काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रम सम्झौता र फ्रि–भिसाका लागि ओमानसँग आग्रह गरेकी छन् । ओमानमा सम्पन्न उच्चस्तरीय कूटनैतिक भेटघाटका क्रममा राजदूतबाट उक्त आग्रह गरिएको ओमानस्थित नेपाली दूतावासले बताएको छ । 

मंगलबार राजदूत ढकालले ओमानको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीलाई उनको कार्यकक्षमा भेटघाट गरेको र त्यसक्रममा नेपाल र ओमान सरकारबीच हुने तयारी भएको श्रम सम्झौता, पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता, ओमानले सयवटा देशलाई प्रदान गर्न लागेको फ्रि–भिसा सम्बन्धी, भिसा उन्मुक्ति सम्झौताको कार्यान्वयन तथा नेपाली दूतावासको भवन निर्माणको प्रगति लगायत विषयमा पछिल्लो अवस्थाका बारेमा जानकारी आदान–प्रदान भएको दूतावासले जानकारी दिएको छ ।

मंगलबार नै राजदूत ढकालले ओमानका नयाँ परराष्ट्रमन्त्री सइद बद्रबिन हमाद बिन हमुद अल बुसैदीले विदेशी राजदूतहरूका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी भएको दूतावासले जनाएको छ । राजदूत ढकालले ओमानको परराष्ट्र मन्त्रालयले आयोजना गरेको मानव बेचविखनविरुद्धको अन्तरक्रियामा सहभागी भइ पीडित कामदारहरूका लागि साझा सेल्टरको व्यवस्था गर्न जोड दिएकी छन् ।

दूतावासले राजदूत ढकालले ओमानका लागि लक्जेमबर्गका नवनियुक्त कन्सुलर डा. आदिल अल शाफरी, ओमानका लागि मोरक्कोका राजदूत तारिक अल हिसनसँग नेपालको बहुपक्षीय हितकाबारेमा छलफल गरेको जनाएको छ ।

त्यस्तै ओमानका लागि सिरियाका राजदूत बसाम सैफ इद्दिन अल्ख्तिब, ओमानका लागि यमनका राजदूत डा. खालिद विन सलेह विन शातेफ, ओमानका लागि दक्षिण अफ्रिकाका राजदूत मनाविल शोगोले, जापानका राजदूत तोसिनोरी कोबयासी, ओमनका लागि फिलिपिन्सकी राजदूत इमेल्डा पानोलोङसँग द्विपक्षीय हितमा साथै श्रम बजारको पछिल्लो अवस्था र सहकार्यका अन्य कूटनीतिक विषयहरूमा छलफल गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु