2026-07-25 03:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको बदला ! चर्को अशुलीको उजुरी दिने युवा विदेश उड्न पाएनन्

माघ ५ , काठमाडौँ | वैदेशिक रोजगारको लागि आइतबार २:३० को उडान मार्फत ओमान जान तयार भई आएका एक युवालाई काठमाडौँको गौशाला स्थित इन्स्पाएर इन्टरनेशनल इम्प्लोएमेन्ट प्रालिले बदला लिएको छ । पीडित युवाले चर्को लागत विरुद्ध गत सनिबार वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेको थाहा पाएपछि म्यानपावरले बदला लिएको हो । 

यस्तो छ घटना विवरण 

सनिबार ओमानको अल मद्लाह अल मुदिहा कम्पनीमा वेटर पदमा रोजगारका लागि जान लागेका एक युवालाई इन्स्पाएर इन्टरनेशनल इम्प्लोएमेन्ट प्रालिका कर्मचारी प्रज्वल कार्कीले १ लाख २० हजार मागे । आइतबार २:३० बजेको उडान टिकट भएको व्हाट्सएपमा जानकारी दिएर म्यानपावरका कर्मचारी कार्कीले पिडित यूवासँग १ लाख २० हजार मागेका थिए । सनिबारको दिन पारेर रकम मागिएपछि पिडित अलमलमा परे । 

सनिबारको दिन सरकारी विदा हुने भएकाले र भोलीपल्ट २:३० मै उडान भएको कारण वैदेशिक रोजगार बिभागमा चर्को लागतबारे उजुरी दिन उनलाई अफ्ट्यारो पर्यो, तर उनले वैदेशिक रोजगार बिभागका महानिर्देशक कुमार प्रसाद दहाललाई यस विषयमा जानकारी दिएलगत्तै दाहालको निर्देशनमा बिभागले सनिबारकै दिन भए पनि सम्बन्धित म्यानपावरमा छापा मार्ने तयारी गर्यो । सनिबारको दिन, विदाको क्रममा रहेका कर्मचारीहरुले तत्काल अनुगमनको सम्पूर्ण तयारी पुरा गरेर निस्कन लाग्दै गर्दा म्यानपावरका कर्मचारी कार्कीलाई सूचना चुहियो । सूचना चुहाउने व्यक्ति पीडित युवासँगै ओमान उड्न लागेका नविन बस्नेत भन्ने थिए । उनि पनि सोहि म्यानपावर मार्फत १ लाख २५ हजारमा उड्ने तयारीमा थिए । पीडित युवाले भने ‘आफूसंगै ओमान जान लागेको साथी भएकोले उसलाई समेत आफ्नो कुरा सेयर गरेको थिएँ । साथीले पनि सरकारले तोकेको लागतमै ओमान जान पाओस् भन्ने हेतुले जानकारी दिएको थिएँ तर उसले भनिदिएछ ।’ पीडित युवाले भने ‘लगत्तै मलाई म्यानपावरका कार्कीले एयरपोर्ट नजिक बोलाएर भिसा क्यान्सिल गर्दिनेसम्मको धम्कि दिए ।’ 

सूचना चुहिएपछि वैदेशिक रोजगार बिभागको गोप्य कारवाहीको तयारी असफल भयो । यस सम्बन्धमा म्यानपावरलाई सूचना चुहाउने नविन बस्नेतसँग कुरा गर्दा आफूलाई अफ्ट्यारोमा नपार्न भने । उनले आफूपनि १ लाख २५ हजारमा ओमान जान लागेको बताए । म्यानपावरलाई किन सूचना चुहाएको भन्ने प्रश्नमा उनले कुनै जवाफ दिएनन् । आफू बिरामी भएको भन्दै ति युवाले आफूलाई डर लागेको बताए । 

सम्बन्धित म्यानपावरमा छापा हान्ने तयारीमा रहेको बैदेशिक रोजगार बिभागले सम्बन्धित म्यानपावरबाट विदेश जाने युवाबाटै सूचना चुहिएपछि पछी हट्न बाध्य भयो । बिभागले पीडितहरुमार्फत पैसा बुझ्दै गर्दा म्यानपावरका कर्मचारीलाई पक्राउ गर्ने तयारी थियो । 

म्यानपावरले यसरी लियो बदला !

आइतबार बिहान सनिबारको घटनाक्रमबारे सम्बन्धित म्यानपावरका संचालक देविप्रसाद काफ्लेले मिडिया मार्फत जानकारी पाए । यस क्रममा आफूलाई सनिबारको घटना थाहा नभएकोले बुझेर थप जानकारी दिने संचालक काफ्लेले जानकारी दिए । तर मध्यान्ह १२ बज्दासम्म पनि संचालकले यस सम्बन्धमा कुनै जानकारी दिन चाहेनन् ।

पीडित म्यानपावर पुगे । साढे दुई घण्टापछि उडान भएका पीडित युवालाई म्यानपावरले मध्यान्ह १२ बजेसम्म पनि बदला लिने हेतुले कुनै वास्ता गरेन । यो बीचमा संचालकले समेत फोन उठाएनन् । आफ्नो कागजात लिन म्यानपावर पुगेका पीडितलाई म्यानपावरका अरु कर्मचारीले समेत धम्क्याएको पीडितले बताए ।

केहि बेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पुग्नुपर्ने पीडितलाई म्यानपावरले कागजात दिएन । सम्बन्धित म्यानपावरका कर्मचारी प्रज्वल कार्की १० मिनेटमा आउने भन्दै बाहिरिए तर फर्किएनन् । पिडित युवाले आफूले बिभागमा सम्बन्धित म्यानपावरले चर्को अशुली लिएको विरुद्ध सनिबार बिभागलाई सूचना दिएको कारण म्यानपावरले बदला लिएको बुझेर त्यहाँबाट सिधै वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगे । बिभागमा उनको उजुरी दर्ता भयो । 

अन्तत: पीडित युवालाई विदेश पठाउन म्यानपावर सहमत 

आइतबार दिउसो उड्न नपाए पनि पिडित युवा आगामी १५ दिन भित्र ओमान उड्न पाउने भएका छन् । आइतबार पिडितको उजुरीलाई लिएर वैदेशिक रोजगार बिभागले तत्काल ध्यानाकर्षण गरेपछि १५ दिनमा सोहि कम्पनीमा पठाउन म्यानपावर सहमत भएको हो । सम्बन्धित म्यानपावरका संचालक सोमबार बिभाग तानिएका थिए । पीडित युवालाई सरकारले तोकेको न्यून लागतमै १५ दिन भीत्र सोहि कम्पनीमा वैदेशिक रोजगारमा पठाउन म्यानपावरले सहमति जनाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

बिभाग समक्ष म्यानपावर संचालकले ओमान स्थित कम्पनीले सम्बन्धित कामदारको होटल क्वारेन्टाइन बुक नभएकोले आइतबारको उडानमा नपठाएको भन्दै झुटो स्पष्टीकारण दिएका छन् । यसअघि आइतबार म्यानपावर संचालक काफ्लेले साझासबाल मिडियासँग पछिल्लो लटनै क्यान्सिल गरेको बताएका थिए । उनको जवाफ थियो ‘उताबाट कम्पनीलेनै क्यान्सिल गरेको रहेछ ! त्यो केटाको त हामीले भिसानै क्यान्सिल गरेर पासपोर्ट फिर्ता गर्न लाग्यौं ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक