2026-10-17 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघद्वारा आन्दोलन घोषणा, के के छन् मागहरु ?

माघ ९, काठमाडौं ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभाग विरुद्ध आन्दोलनको घोषणा गरेको छ । विभागले व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको शैली अपनाएको निष्कर्ष निकाल्दै संघले औपचारिक रूपमा आन्दोलन घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले आगामी आइतबार सुधारका माग राख्दै विभागको ध्यानाकर्षण गर्न घेराउ कार्यक्रम राखेको बताएको छ । 

संघले वैदेशिक रोजगारमा जाने कामदारको राहदानी म्यानपावर कम्पनीले राख्न नपाउने विभागको पछिल्लो सार्वजनिक सूचनासहित, म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति, वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, वैदेशिक रोजगार सूचना प्रणालीमा रहेका समस्या, घरेलु कामदार पठाउन छुट्टै, जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको झन्झटिलो प्रणाली परिवर्तन जस्ता विषय पनि तत्काल समाधान गर्नुपर्नेमा विभागले त्यसमा ध्यान नदिएको बताएको छ ।

संघका अध्यक्ष विष्णुप्रसाद गैरेले कोरोना महामारीको कारणबाट व्यवसाय धरासायी हुन पुगेको अवस्थामा सुधार तथा राहतका कार्यक्रम ल्याएर व्यवसायीको मनोवल उकास्नु पर्ने समयमा विभागले विगतमा सुधारका लागि जनाएका प्रतिवद्धता पूरा नगरी नियन्त्रणमुखी रवैया अपनाएको भन्दै त्यसले व्यवसायीलाई सडकमा ओर्लन वाध्य पारेको बताए ।

महासचिव सुजित कुमार श्रेष्ठले व्यवसाय प्रवद्र्धन तथा सुशासनका लागि विभागले गर्नुपर्ने अत्यावश्यक सुधार गर्न आनाकानी गर्ने तर तर्साएर नियन्त्रणमा राख्ने शैली देखाएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु