Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भिजिट भिसामा विदेश पठाउने दुई जना पक्राउ

By kit 2 मिनेट पढाइ

<p><b>माघ ९, काठमाडौँ । </b>शुक्रबार प्रहरीले गैह्रकानूनी रुपमा भिजिट भिसामा विदेश पठाउने दुई जनालाई पक्राउ गरेको छ । सुनसरी ईनरुवा न.पा.वडा नं.६ स्थायी घर भएका कृष्ण मेहता र सर्लाही चक्रघट्टीका&nbsp; स्थायी घर भएका सोनु यादवलाई प्रहरीले पक्राउ गरेको हो ।<br></p><p>जजीरा एयरवेजको उडानद्वारा केही व्यक्तिहरु (यात्रु) आवश्यक प्रक्रिया पुर नगरी भिजिट भिसामा कुवेत हुँदै युएई जान लागेको भन्ने सूचनाका आधरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको प्रहरी टोलीले ति व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।</p><p>प्रहरीका अनुसार उनीहरुले गैह्रकानूनी रुपमा भिजिट भिसामा दुबई पठाउने गरेको भन्ने प्रारम्भिक सोधपुछबाट खुलेको छ । उनीहरुलाई थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखा,नयाँ बानेश्वर, काठमाण्डौ पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।</p>