2026-10-17 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको आन्दोलनमा कांग्रेस निकट व्यवसायी मात्रै, नेकपा निकट व्यवसायीद्वारा बहिस्कार

माघ ११, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एकलौटी तवरले आन्दोलन घोषणा गरेको भन्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालले आपत्ति जनाएको छ । व्यवसायी संघले आम व्यवसायीलाई नै जानकारी नदिई प्रेस विज्ञप्त्ती जारी गर्दै आन्दोलन घोषणा प्रति मंचले आपत्ति जनाउंदै आन्दोलन नै बहिस्कार गरेको छ ।

म्यानपावर व्यवसायीले आफ्ना २१ बुंदे माग सम्बोधन नगरेको आज भन्दै वैदेशिक रोजगार विभाग घेराउ गर्दै आन्दोलन शुरु गरेका छन् । तर उक्त आन्दोलन गर्नुपूर्व आम व्यवसायीलाई नै जानकारी नदिई छलफल बिना नै आन्दोलन भएको प्रति नेकपा निकट म्यानपावर व्यवसायीले अनविज्ञता व्यक्त गरेका छन् । संघका निवर्तमान अध्यक्ष तथा नेकपा निकट व्यवसायी रोहन गुरुङले व्यावसायीको आन्दोलन बारे जानकारी नभएको साझा सवाललाई बताए । संघका निवर्तमान महासचिव सरोज पोखरेल, संघका पुर्व महासचिव नरेश गेलानले पनि जानकारी नभएको बताएका छन् । 

सामुहिक रुपमा सबै व्यवसायी मिलेर डेलिगेसन जाउँ, समस्या समाधानका लागी अल्टिमेटम दिउँ भन्ने थियो तर बुझ्दै नबुझी एकैचोटी आन्दोलनमा जाने कुरा बारे आफुहरुसंग छलफल गरिएन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालका संयोजक रामप्रसाद भान्त्वनाले साझा सबालासंग भने “समस्या समाधानका लागि पहिले संवाद र संवादबाट समस्या समाधान हुन नसके मात्र आन्दोलनमा जानुपर्ने मंचको मान्यता रहेको छ ।” विभागबाट समस्या समाधानका लागि पहल गर्ने, विभागबाट नभए श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गर्ने त्यति गर्दा पनि मागहरु समबोधन नभए मात्र अन्तिम विकल्प चरणवद्ध आन्दोलन गर्नुपर्ने मंचको मान्यता रहेको भान्त्वनाले बताए । वैदेशिक रोजगार व्यवसायीका समस्या बारे भोलि (सोमबार) मंचले छुट्टै रुपमा विभागका महानिर्देशकको ध्यानाकर्षण गराउने उनले बताए ।  व्यवसायी संघको अहिलेको कार्यसमितिमा कांग्रेस निकट व्यवसायी मात्रै छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु