2026-10-17 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वैदेशिक रोजगारीमा ठगि बढेपछि अनुगमनलाई तीब्र पारेको हुँ’ : महानिर्देशक, दहाल

माघ ११, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले वैदेशिक रोजगारीमा ठगि बढ्दै गएपछि विभागले अनुगमनलाई तीब्र पारेको बताएका छन् । ठगि बढ्दै गएर दैनिक ४/५ वटा उजुरी विभागमा आउन थालेपछि बजारमा विभागले आफ्नो उपस्थिति बढाउनु परेको महानिर्देशक दहालले बताए ।

विभागले पछिल्लो समय म्यानपावर अनुगमन तीब्र पारेको भन्दै त्यसलाई रोक्न दवाव स्वरूप नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा आवद्ध केहि म्यानपावर व्यवसायी आज विभाग घेराउ गर्न पुगेका थिए । नेपाली कांग्रेस निकट म्यानपावर व्यवसायीको उपस्थिति रहेको उक्त्त आन्दोलन कार्यक्रमलाई नेकपा निकट म्यानपावर व्यवसायीले नै बहिस्कार गरेका छन् । 

म्यानपावर व्यावसायीले आफ्ना २१ बुंदे माग सम्बोधन नगरेको भन्दै महानिर्देशक दहाललाई ज्ञापनपत्र बुझाएर आजबाट आन्दोलन शुरु गरेका हुन् । व्यवसायीको ज्ञापनपत्र बुझेपछि पत्रकारहरु संग कुरा गर्दै महानिर्देशक दहालले भने “घोषित एजेन्ट व्यवस्था हटाएका छौं, अहिले अघोषित एजेन्ट मार्फत काम भैरहेको छ, बजारमा ठगि बढ्दै गएर दैनिक ४/५ वटा उजुरी विभागमा आउन थालेपछि बजारमा विभागले आफ्नो उपस्थिति बढाएको हो, कामदारलाई दिनुपर्ने क्षतिपुर्ति उपलब्ध गराउन म्यानपावर कम्पनीको धरौटी काटेकै हो । यसो गर्दा पेशागत असर कहाँ पर्यो हेर्नुपर्यो ।” 

विभागको मुख्य काम नै वैदेशिक रोजगारीमा देखिएका विकृति रोक्नु हो यस्ता विकृति रोक्नका लागि विभागले काम गर्ने पर्छ त्यसले कसै कसैलाई असर गर्ला उहांहरु पनि अनुशासित ढंगबाट अगाडी बढ्ने पर्छ उनले भने “विभिन्न नीति नियम फलो गर्नुपर्छ, व्यवसायीका सबै माग विभाग एक्लैले सम्बोधन गर्न सक्दैन, जायज माग सम्बोधनका लागि विभागले श्रम मन्त्रालयसंग समन्वय गर्छ ।” 

साथै उनले १० हजार सेवा शुल्क लिएर विदेश पठाउन नसक्ने भए व्यवसाय बन्द गर्न म्यानपावर व्यवसायीलाई सुझाव दिएका छन्  । सरकारले २०७२ सालदेखि मलेसिया सहित खाडीका ६ देशमा जानको लागि म्यानपावर कम्पनीले लिन पाउने सेवा शुल्क १० हजार तोकेको थियो त्यस पश्चात मलेसिया र युएईसंग श्रम सम्झौता गरि म्यानपावर कम्पनीले श्रमिकबाट सेवा शुल्क वापत रकम लिन नपाउने व्यवस्था गरेको थियो । १० हजारको विषय विभागको महानिर्देशकले समाधान गर्न नसक्ने भन्दै उनले भने “विभागले नेपाल सरकारको नीति नियम भित्र रहेर काम गर्ने हो, १० हजारमा उहाँहरुलाई चित्त नबुझ्ने भए सम्बन्धित निकायमा गएर माग राख्नुपर्छ, १० हजारको विषय मैले परिवर्तन गर्ने हैसियत राख्दिन, विभागले यो सक्दैन, यो त राजनीतिक रुपमा निर्णय हुनुपर्छ कानूनमा परिवर्तन हुनुपर्छ ।” 

कोरोना महामारी पश्चात ठगीका मुद्धा झन् बढेको महानिर्देशक दहालले बताए । विभागले गत मङ्सिर र पुस महिनामा मात्रै १८ म्यानपावर कम्पनीमा अनुगमन गरि गलत कार्य गर्ने म्यानपावर कम्पनीको कारोबार रोक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु