2026-09-25 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट कतार पुलिसमा लान नपाएपछि भारतको बाटो, क-कसको भागमा पर्छ १२ देखि १५ लाख ?

माघ १२, काठमाडौँ | नेपाली युवाहरुबाट कतार पुलिसमा लैजान चर्को अशुली सहितको सेटिङ सहितको योजना चौपट भएपछि भारतको बाटो पठाउन थालिएको खुलाशा भएको छ । नेपालको श्रम नीतिलाई ठाडै चुनौती दिएर नेपाली युवालाई भारतको बाटो हुँदै अबैध रुपमा कतार पुलिसमा पठाउन लागिएको पाइएको हो । 

आइतबार बिभिन्न माग लिएर वैदेशिक रोजगार बिभागमा पुगेका म्यानपावर व्यवसायीहरुलाई बिभागका महानिर्देशक कुमार प्रसाद दहालले प्रमाण समेत देखाएर प्रश्न गरे ‘यो के हो ? यसले नेपालको वैदेशिक रोजगार नीतिलाई ठाडै चुनौती दिएको छ ।’ दहालको ध्यानाकर्षणमा म्यानपावर व्यवसायीले आफूहरुलाई यस सम्बन्धमा थाहा नभएको प्रतिक्रिया दिएका थिए । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले यस सम्बन्धमा छानवीन गरि कारवाही गर्न आग्रह समेत गरे । 

माथिको तश्वीरमा: कतार पुलिसमा भारतको बाटो प्रयोग गरेको प्रमाण देखाउदै वैदेशिक रोजगार बिभागमा महानिर्देशक । 

माथिको तश्वीरमा: कतार पुलिसमा जान नेपाल सरकारसँग स्वीकृतिनै नलिईएको अवस्थामा प्राप्त भिसाको प्रमाण । 

यसअघि कतार पुलिसको अवैध अन्तर्वार्ता लिनमा संलग्न बिभिन्न तीन म्यानपावर कम्पनीमा छापा हानिएको थियो । छापा हानिएका म्यानपावरहरु एसओएस म्यानपावर सर्भिसेस, डीडी ह्युमन रिसोर्सेस र होप इन्टरनेसनललाई सरकारले छ महिना निलम्बन गरेको अवस्था छ । त्यस्तै यही काममा सहजकर्ता अल–थाक्वेत र सिखर इन्टरनेशनलले भने सन् २०१९ मै पुर्वस्वीकृति लिएकोमा ५ जनाको कोटा बाँकी रहेको कारण कारबाही गरिएन । 

माथिको तश्वीरमा: डीडी ह्युमन रिसोर्समा कतार पुलिसको अवैध अन्तर्वार्ताको क्रममा छापा मार्ने क्रममा अन्तर्वार्ता लिन पुगेका युवाहरु।

अहिले फेरी कतार पुलिसमा पठाउन चलखेल भईरहेको पाईएको छ । भारत हुँदै कतार पुलिसमा पठाउने काममा नेपालकै म्यानपावर कम्पनीको मिलिमतो रहेको दावी गरिएको छ । वैदेशिक रोजगार बिभाग र बिभिन्न संचार माध्यमहरुले कतार पुलिसमा पठाउने क्रममा ९ देखि १५ लाखसम्म प्रतिव्यक्ति अशुली गरेको यसअघिनै खुलाशा गरेका थिए । जुन अशुलीको लागि अन्तर्वार्तानै गोप्य तरिकाले गरिएको थियो । 

बिभागले अहिले सूचना संकलन र प्रमाण जुटाउने काम गरिरहेको बैदेशिक रोजगार बिभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । वैदेशिक रोजगार ऐन अनुसार कुनैपनि देशको मागपत्र प्रमाणीकरण भएपछि कुनैपनि दैनिक पत्रिकामा बिज्ञापन सार्वजनिक गरेर मात्र अन्तर्वार्ता लिन पाइन्छ । तर यसअघि त्यसो गरिएन । नीति अनुसार कतार पुलिसको बिज्ञापन गरेर सार्वजनिक गर्दा जस्ता युवाले पनि अन्तर्वार्ता दिनसक्ने र चर्को लागत लिने भीत्री योजना असफल हुनसक्ने बुझेपछि सरकारी अनुमति बिनै गोप्य अन्तर्वार्ता लिईएको थियो । 

वैदेशिक रोजगार बिभागका अनुसार कतारले नेपालको श्रमिक लैजादा नीतिगत प्रक्रियाअनुसार सहजै नेपाली युवा लैजान सक्ने अवस्थामा किन अवैध रुपमा अन्तर्वार्ता लियो भन्ने विषयको गौण रहस्य चर्को अशुलीनै भएको दावी गरिएको छ । यो काममा नेपालस्थित कतारी दुतावासदेखि गृहमन्त्रीका छोरा प्रतिक थापाको समेत संलग्नता रहेको म्यानपावर व्यवसायीहरुले आरोप लगाएका छन् ।

माथिको तश्वीरमा: होप इन्टरनेशनलमा कतार पुलिसको अवैध अन्तर्वार्ताको क्रममा छापा मार्दा भेटिएको दुतावासको गाडी ।

यसैबीच कतार पुलिसको डिमाण्डमा लैजाने क्रममा नेपाली युवाले १५ लाखसम्म तिर्ने बुझेका कतारस्थित सम्बन्धित अधिकारीहरुले प्रतिव्यक्ति १२ हजार रियाल (झन्डै ४ लाख) पाउने सम्झौतामा मात्र कतार पुलिसको डिमाण्ड दिएको म्यानपावर व्यावसायीहरुले जानकारी दिएका छन् । यो विषय आरोप मात्र हुनसक्ने बुझिएपनि कतार पुलिसको डिमाण्ड पठाउने क्रममा नेपालको सरकारी नीतिनै मिचिनुले शंकाको विषय बनेको छ । कतारबाट डिमाण्ड पठाउने क्रममै १२ हजार रियाल कमिसन, त्यसपछि डिमाण्ड भागबन्डा गर्ने कतारी तथा नेपाली एजेन्टहरु, नेपालस्थित कतारी दुतावास, भागबन्डामा परेका नेपाली म्यानपावर कम्पनीहरु र युवाहरुसँग अशुली सहजीकरण गर्ने एजेन्टहरुलाई समेत गरि १२ लाख देखि १५ लाख अशुली उठाइने गरेको बुझिएको छ । यसअघि २०१९ मा सरकारी अनुमतिमै कतार पुलिसमा पठाउँदा समेत युवाहरुबाट ८ लाखदेखि १२ लाखसम्म अशुली भएको थियो । यो पटक भने त्यो शुल्क अझै बढेर १२ लाख देखि १५ लाख पुगेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक