2026-10-17 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागद्वारा १८ म्यानपावर कम्पनीको आकस्मिक अनुगमन, कुन कम्पनीलाई के कारवाही भयो ? (बिवरण सहित)

मनोज पराजुली । माघ १२, काठामाडौं । वैदेशिक रोजगार विभागले गत मङ्सिर र पुस महिनामा १८ म्यानपावर कम्पनीको आकस्मिक अनुगमन गरेको छ । अवैध अन्तरबार्ता लिएका, भिजिट भिसाको कारोबार र बढी रकम लिण लागेको भन्दै  विभागमा प्राप्त उजुरीका आधारमा १८ म्यानपावर कम्पनीको अनुगमन गरेको छ ।

गत मङ्सिर महिनामा १० र पुस महिनामा ८ कम्पनीको अनुगमन गरेको विभागले जनाएको छ । कतार पुलिसको अवैध अन्तर्वार्ता लिएका डी.डी हयुमेन रिसोर्सेस प्रा.लि., एस ओ एस  म्यानपावर सर्भिसेज र  होप इन्टरनेशनल प्रा.लि.को आकस्मिक अनुगमन गरि हाल कारोबार रोक्का राखेको छ । भिजिट भिसाका कारोबार गरेको गुनासाका आधरमा एच.म.टि.ओभर्सिसको अनुगमन गरि कारोबार रोक्का राखेको थियो भने हाल कारोबार फुकुवा गरेको विभागले जनाएको छ । स्काई. अफ. द वर्ल्डमा अनुगमन क्रममा केहि नभेटिएको, स्काई ब्लु इन्टरनेशनलमा अगुगमन पश्च्यात कामकाज रोक्का(हाल फुकुवा), सुर्खेत ओभरसिसको अनुगमन गरि हाल कारोबार रोक्का गरिएको विभागले जनाएको छ । 

त्यस्तैगरी ओम ओभर्सिस प्रालिको कामकाज रोक्का(हाल फुकुवा), अन्नपूर्ण इन्टरनेशनल प्रा.लिको कामकाज रोक्का (हाल फुकुवा) गरिएको विभागले जनाएको छ ।  अवैध अन्तर्वार्ता लिएको गुनासाको आधरमा प्याराडाइज इन्टरनेशनल प्रा. लिको अनुसन्धान भईरहेको तर कारोबार फुकुवा गरिएको विभागले जनाएको छ । अवैध अन्तर्वार्ता लिएको गुनासाको आधरमा सलामानी ओभरसिज प्रा.लि, अल आक्समास प्रा. लि. लिंक इन्टर्नेशनल प्लेसमेन्ट प्रा. लि मा गरिएको अनुगमनका क्रममा केहि नदेखिएको विभागले जनाएको छ । भिजिट भिसाको काम गरेको गुनासोका आधारमा अर्किड ओभरसिज  प्रा. लि र बेबिस्टार इन्टर्नेशनल प्रा. लि. अनुगमन गरि कारोबार रोक्का गरिएको विभागले जनाएको छ । अनुगमनको क्रममा  भिजन एण्ड भ्यालु ओभरसिजको बारे बढी रकम लिएको गलत उजुरी परेकाले कुनै कारवाही नभएको विभागले जनाएको छ । त्यस्तै गरि बढी रकम लिएको उजुरीका आधारमा मनासुलु इन्टर्नेशनल प्रा. लिलाई एक लाख जरिवाना साथै कारोबार रोक्का(हाल फुकुवा) र ग्रोथ प्रोसेस इन्टर्नेशनल प्रा .लिलाई एक लाख ५० हजार जरिवाना गरि कारोबार रोक्का (हाल फुकुवा) गरिएको विभागले जनाएको छ । यी २ कम्पनी बाहेक अन्य म्यानपावर कम्पनीलाई आर्थिक जरिवाना भने नगरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु