2026-10-16 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार प्रहरी अन्तर्वार्ता प्रकरण : श्रममन्त्रीद्वारा एसओएस म्यानपावरको कारवाही फुकुवा (पत्रसहित)

मनोज पराजुली । माघ १२, काठामाडौं । कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा अन्तर्वार्ता लिएर श्रमिक पठाउन खोज्ने एसओएस म्यानपावरको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका छन् । मङ्सिर ८ गते वैदेशिक रोजगार विभागले डिमाण्डको पुर्व स्वीकृति नलिई अवैध रूपमा कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा एसओएसमा  छापा मारेको थियो ।

उक्त म्यानपावरले वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको तथ्य विभागले छापा मार्ने क्रममा भेटेपछि ६ महिनाका लागि कारोबार रोक्का  गरेको थियो । तर विभागको उक्त निर्णयलाई श्रममन्त्री चौधरीको मन्त्रीस्तरको निर्णयले उल्ट्याइदिएका हुन् । आर्थिक चलखेलका आधारमा कारवाही फुकुवा गर्ने निर्णय भएको वैदेशिक रोजगार विभाग श्रोतले बताएको छ ।

“वैदेशिक रोजगार विभागबाट मिति २०७७/०८/०८ मा खटिएको आकस्मिक अनुगमन टोलीले तयार गरेको खानतलासी तथा बरामदी मुचुल्कामा उल्लेख भए बमोजिम इजाजतपत्र प्राप्त संस्था एस.ओ.एस. मेनपावर सर्भिसे ज प्रा. लि. ले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ र १६ बिपरित काम कारवाही गरेको पष्टपाई हुने कागजात/प्रमाण बरामद भएको नदेखिएको साथै वैदेशिक रोजगार विभागबाट मिति २०७७/८/८ मा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को उपदफा (७) बमोजिम उक्त संस्थाको हाल ६ महिनाको लागि सम्पूर्ण काम कारवाही निलम्बन गर्ने गरी भएको निर्णय प्राकृतिक न्यारके निद्धान्त विपरित एवं कानून सम्मत भएको नदेखिंदा विभागबाट मिति २०७७/८/८ मा गरिएको उक्त निर्णय बदर गरी एस.ओ.एस.म्यानपावर सर्भिस प्रा.लि.ले नियमित काम कारवाही गर्न पाउने निर्णय गरिदिएँ । वैदेशिक रोजगार विभागबाट प्राप्त भएको सक्कल मिसिल विभागमा फिर्ता गरिदिनु र अन्य व्यहोरा कानून बमोजिम गर्नु ।” मन्त्री चौधरीले गरेको निर्णयमा भनिएको छ ।

हेर्नुहोस् निर्णय 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु