2026-09-25 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनबाट पुनः श्रम स्वीकृति लिन जान्नै पर्ने महत्वपूर्ण टिप्स

माघ १४, काठमाडौं । वैदेशिक रोजगार विभागले गत पुस देखि अनलाइन माध्यमबाट विश्वको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । नयाँ नीतिसंगै श्रम स्वीकृति लिनका लागि नेपालस्थित श्रम कार्यालयमै धाउनुपर्ने बाध्यता हटेको छ ।

अनलाइन श्रम स्वीकृति कसरी लिने ? 

अनलाइनबाट पुनः श्रम स्वीकृति लिन भन्दा अघि तपाईले यी ६ थरीका कागजात सकंलन गर्नुहोस । 

१. पासपोर्ट साइजको स्पस्टसँग आउने फोटो स्क्यान गर्नुहोस वा राम्रो मोबाइल वा क्यामरा छ भने त्यसले पासपोर्ट साइजको फोटो खिच्नुहोस 

२. तपाइको राहदानीको पेज न. २, ३ र ३१ को पाना स्क्यान गर्नुहोस्

३. भिसाको स्क्यान कपी (पुरानो भिसा भए सो राहदानी र हालको भिसा दुबैको स्क्यान कपी चाहिन्छ)

४. अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान गर्नुहोस ।

५. यसअघि श्रम स्वीकृति पाएको भन्दा फरक रोजगारदाताकोमा काम गर्न जाने कामदारको लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौता पत्रको स्क्यान कपी ।

६. रोजगारदाता मुलकस्थित नेपाली दूतावास वा नियोगको प्रमाणीकरण पत्र आवश्यक पर्ने भनि तोकिएको अवस्थामा सोको स्क्यान कपी र अन्य कुनै प्रमाण कागजातहरु भए ती सबै स्क्यान गरेर तयारी अवस्थामा राख्नुहोस् ।

माथि तोकिएको ६ प्रकारका कागजात संकलन गरेपछि अब तपाई अनलाइनमा फारम भर्न सुरु गर्नुहोस् ।

१: सुरुमा https://dofe.gov.np/ मा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुहोस् । 

२. तपाईले यसअघि श्रम स्वीकृति अनलाइनबाट नै लिनु भएको छ भने पासवर्ड तपाईसँगै सुरक्षित हुन्छ । तपाईले पुरानै युजरनेम र पासवर्ड प्रयोग गरी साइन इन गर्न सक्नुहुनेछ ।

उक्त युजरनेम र पासवर्ड प्रयोग गरी अर्को पटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्थाको अवस्था थाहा पाउन, वैदेशिक रोजगार विभागमा कुनै उजुरी वा गुनासो गर्न र वैदेशिक रोजगारसम्बन्धी विवरणहरु हेर्नका लागि आवश्यक पर्ने भएकाले तपाईले यो सुरक्षित राख्नुहोस् ।

३ :पहिलो चरणमा दिईएको लिंकमा क्लिक गरेर अनलाइन श्रम स्वीकृतिमा क्लिक गरेपछि पासपोर्ट नम्बर हानेपछि तपाईंको व्यक्तिगत विवरण सहितको प्रोफाइल खुल्नेछ । प्रोफाइल पेजमा रहेको तपाईको व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने भएमा प्रोफाइल मेनुमा क्लिक गरेपछि देखा पर्ने इडिट अप्सनमा क्लिक गरी आफ्नो विवरण सच्याउन सकिन्छ ।

उक्त पेजमा स्टार चिह्न भएकाहरु सबै विवरण अनिवार्य भर्नुपर्छ । यसअघि पुरानो पासपोर्टबाट श्रम स्वीकृति पाएको तर अहिले नयाँ पासपोर्टबाट श्रम स्वीकृति लिनुपर्ने भएमा न्यू पासपोर्ट इन्फोमा गएर नयाँ पासपोर्टको विवरण भरेर सो पासपोर्टको २, ३ र ३१ पेजको स्क्यान कपी अपलोड गर्नुपर्छ । त्यसपछि तपाईले विवरण सवमिट बटनमा थिचेर सेभ गर्नुपर्छ ।

अब तपाईले भरेको सबै विवरण ठीक छ कि छैन हेरेर यकिन गरी सच्याउनु पर्ने भएमा प्रोफाइल मेनुको इडिट बटनमा क्लिक गरी सच्याउनु पर्छ । अर्को प्रक्रिया सुरु भइसकेपछि भने सच्याउन मिल्दैन ।

४: अब पुनः श्रम स्वीकृति माग गर्न रिइन्ट्री मेनुमा गई इम्प्लोइमेन्ट डिटेल्समा क्लिक गर्नुहोस र त्यहाँ एड न्यू बटन देखिन्छ, त्यसमा क्लिक गरी माग गरिएको विवरण भर्नुपर्छ र माग गरिएका कागजातहरुको स्क्यान कपी समेत अपलोड गर्नुपर्छ ।

५: स्वीकृति प्राप्त बिमा कम्पनीमा गई बिमा गर्नुहोस् र अनलाइनमा अपलोड भएको वा नभएको यकिन गर्नुहोस् ।

बिमाको साथै कल्याणकारी कोषमा पनि पैसा तिर्नुपर्छ, यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट वैदेशिक रोजगार कल्याणकारी कोषको रकम जम्मा गर्न अनुमति पाएको कुनैपनि एक बैंकमा गएर कल्याणकारी कोषको खातामा २ वर्षदेखि ३ वर्षको अवधिको लागि पुन: श्रम स्वीकृति निकाल्ने हो भने १ हजार ५ सय रुपैयाँ र ३ वर्ष भन्दा बढी समयको लागि हो भने २ हजार ५ सय रुपैयाँ रकम तिर्नुपर्छ । बैंकले पनि रकम जम्मा भएको विवरण अनलाइनबाटै पठाउँछ ।

६: रि–इन्ट्रि मेनुमा भएको इन्डिभ्यूजअल रि–इन्ट्री रिक्वेस्टमा क्लिक गर्नुहोस् र इन्स्योरेन्स र क्यास डिपोजिटमा ठीक चिह्न लागेको भएमा दाहिने कुनामा भएको एक्सन आइकन क्लिक गरी रिक्वेस्ट बटनमा क्लिक गर्नुहोस् । त्यसपछि आउने उपलब्ध शाखा र सो शाखाले उपलब्ध गराएको दिनको टोकन मिति छनोट गर्नुहोस् । हालका लागि अनलाइन श्रम स्वीकृतिका लागि अनलाइन ब्रान्च छान्न सकिन्छ ।

माथिका सबै प्रक्रिया पूरा भएपछि अनलाइनमार्फत श्रम स्वीकृतिका लागि तपाईको आवेदन पेश हुन्छ । श्रम स्वीकृतिको निस्सा प्रिन्ट गर्न आवश्यक भएकामा प्रिन्ट गर्न सकिनेछ ।

अब तपाइँको आवेदन विभागले क्रमश: हेर्छ र भेरिफाइ गर्छ । उक्त विवरण तपाइँले तपाइको मोवाइल वा इमेलमा पाउन सक्नुहुन्छ । यदी कुनै कागजात नमिलेको खण्डमा आवेदन अस्वीकृत गर्नुपर्ने भएमा कारण सहितको विवरण मोवाइल वा इमेल मार्फतनै जानकारी पाइन्छ ।

७: अनलाइन पुनः श्रम स्वीकृति लिन पासवर्ड वा इमेल बिर्सिनुभयो भने के गर्ने ?

 यदि तपाई अनलाइनबाट पुनः श्रम स्वीकृति लिन लाग्नुभएको छ र पासवर्ड वा इमेल बिर्सिनुभएको छ भने नआत्तिनुहोस् । अनलाइन पुनः श्रम स्वीकृतिको लागि सेवाग्राही आफैले आवेदन गरी श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएकाले पहिले फारम भर्दाको एफईआईएमएस युजर अकाउन्टबाटै आवेदन दिनुपर्ने हुन्छ । तपाईले एफईआईएमएस युजर अकाउन्टको पासवर्ड बिर्सिनुभएको छ भने फोर्गेट पासवर्डमार्फत पासवर्ड प्राप्त गर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

तर यदि एफईआईएमएस युजर अकाउन्टको इमेल ठेगाना वा मोबाइल नम्बर गलत प्रविष्ट गरिएकाले पासवर्ड रिकभर हुन नसकेमा भने पासवर्ड रिसेट गर्नुपर्ने विभागले जनाएको छ । त्यसको लागि काठमाण्डौमा रहेको वैदेशिक रोजगार कार्यालय, प्रदेशमा रहेका श्रम कार्यालय, गन्तव्य देशमा रहेका नेपाली कुटनीतिक नियोगबाट निवेदनको ढाँचा प्राप्त गरी रिसेट गर्न सकिने विभागले जनाएको छ ।

निवेदनको ढाँचा वैदेशिक रोजगार विभागबाटै पनि प्राप्त गर्न सकिन्छ ।

# कृपया तपाईले आफै पुन: स्वीकृति गर्न नसक्ने हो भने थप सहयोगको लागि Viber नम्वर 9801098980 बाट थप जानकारी पाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक