2026-07-27 01:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वरोजगार बन्दै पोर्चुगलका नेपाली

माघ १५, काठमाडौँ । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग गरेका छन् । कोरोनाको कारण उद्योग, व्यवसायको उत्पादनमा गिरावट आएपछि बेरोजगार भएका नेपालीले घरमै बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् ।

हुन पनि सन् २०२० को शुरुआतसँगै विश्व कोभिडबाट त्रसित भयो । विश्वका लाखौँ नागरिक सङ्क्रमित भए । मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले प्रायः सबै देशले आपत्काल घोषणा गरे । रोजगारीका लागि विश्वभर छरिएका नेपाली जस्तै यहाँका बस्दै आएका नेपाली बेरोजगार भए । बसाइँ अनुमतिपत्र बनाउन सजिलो हुने भएकाले पछिल्लो समयमा पोर्चुगलमा आप्रवासी बढेसँगै नेपाली समुदायको पनि सङ्ख्या बढ्दै गएको छ । यसरी बेरोजगार भएका केही नेपालीले सरकारबाट पाइने सुविधा बेरोजगारी भत्ता (फुण्दो) पाएर दैनिक खर्च टारेका छन् त केही नयाँ बसाइँ अनुमतिपत्र नबनिसकेका नेपालीलाई सरकारी सुविधा, रोजगार, बेरोजगारी भत्ता नभएकाले बस्न, खान  निकै समस्या छ । 

शुरूआतका केही समय नेपालबाट पैसा मगाउँदै दैनिकी खर्च टार्दै गरे पनि लामो समसयसम्म कोरोनाको महामारी नरोकिएपछि थप समस्यामा परेका नेपाली युवायुवतीले घरमा बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् । समयको मागअनुसार आफ्नो सीपको सदुपयोग गर्दै आम्दानीको स्रोत खोज्नतिर नेपाली केन्द्रित भएका छन् । बाक्लो सङ्ख्या रहेका नेपाली समुदायलाई आवश्यकता पर्ने मःमः, समोसा, सेलरोटी, पनिरलगायत खाद्यान्न तयार गरी बिक्री वितरण गर्ने अभियानको शुरुआत गर्दै नेपालीले पनि मनग्ये  आम्दानी गर्न थालेका छन् ।

पर्बत घर भइ विगत एक वर्ष पहिला पोर्चुगल आउनुभएका घनश्याम भुुसाललाई तयारी मःम बनाउन भ्याइनभ्याई छ । दैनिक १०० प्लेटभन्दा बढी मःमको माग आउँछ । शुरु–शुरुमा १०÷१२  प्लेट माग आउने गथ्र्याे । म एक्लै बनाउँदै आउनुभएको तर अहिले बजारमा माग बढी आउन थालेपछि श्रीमती र आफू मःम बनाउँनै व्यस्त हुनुहुन्छ । अझ आफूले बनाएको मःम नेपालीले मात्रै नभएर विदेशीले पनि लैजाने गरेको बताउनुहुन्छ उहाँ ।

उहाँ मात्रै होइन, सुनिता सापकोटा पनि सेलरोटी, समोसा बनाउन व्यस्त हुनुहुन्छ । उहाँ नेपालबाट काम गर्ने अनुमति लिएर पोल्याण्ड आउनुभयो, तर बसाइँ अनुमतिपत्र बनाउन सहज हुने हुटहुटीले पोर्चुगल आउनुभयो । उहाँ पोर्चुगल आएपछि कोरोना शुरु भयो । अनि उहाँले जानेको सीप सेलरोटी बनाउने भएकाले बजारमा सेलरोटीको माग छ कि छैन भनेर बजारको अध्ययन गर्न थाल्नुभयो । उहाँलाई  हौसला प्रदान गर्दै काम गर्न अनुरोध गरेपछि अहिले बाहिर काम खोज्नु पर्ने अवस्था छैन ।

बनेपाका  कृष्ण तिमिल्सिना घरमा दूधबाट पनिर बनाउन निकै ब्यस्त हुनुहुन्छ । उहाँ पनि कोभिड प्रभावले घरमा पनिर तयार गर्ने अभियानमा लाग्नुभयो । दश वर्षे जनयुद्धमा होमिनुभएका तिमिल्सिना शरीरमा गोलीको छिर्का लिएर उज्ज्वल भविष्य बनाउन युरोपेली मुलुक पोर्चुगलमा हुनुहुन्छ । रोजगारीको खोजीमा विदेशिनु भएका तिमिल्सिनालाई कोभिडले झनै समस्या थप्यो । जीविकोपार्जन गर्न कठिनाइ भएपछि अहिले उहाँले पनिर बनाउँदै आउनुभएको छ । दैनिक आठ घण्टा काम गर्दा मासिक ६६५ युरो  पारिश्रमिक यहाँको सरकारले तोकेको भए पनि आफँै घरमा पनिर बनाउँदा मासिक १००० युरोसम्म कमाइ भएको छ । “मेरो दुःख देख्नेहरुले पनिर किनिदिएर सहयोग गर्नुहुन्छ । म उहाँहरुप्रति निकै आभारी छु”, उहाँले भन्नुभयो ।

उहाँहरु त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरुजस्तै विभिन्न किसिमका काम गर्दै घरमै बसीबसी आयआर्जन गर्नेहरुको सङ्ख्या बढ्दो छ । इन्टरनेटको माध्यमद्वारा बसाइँ अनुमतिपत्र बनाउन आवश्यक पर्ने कागपत्र बनाउन वा प्रमाणीकरण गर्ने कामलाई सहजीकरण गर्दै आयआर्जन गर्नेहरुको सङ्ख्या पनि थुप्रै छ । घरघरमा पुगी सेवाग्राहीको चाहनाअनुसारको सौन्दर्य सम्बन्धित सेवा प्रदान गरिरहेका नेपाली दिदीबहिनी पनि उल्लेख मात्रामा भेटिनुहुन्छ ।

कोरोना महामारीको प्रकोप अझै पनि दिनानुदिन बढिरहेकाले पोर्चुगलमा बसोवास गरिरहेका नेपालीमाझमा रोजगारीको सम्भावना खोजीमा लाग्ने नेपालीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो