By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    6 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: वैदेशिक रोजगार विभागका महानिर्देशक फेर्न चलखेल, श्रममन्त्रीमाथि शंका !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > वैदेशिक रोजगार विभागका महानिर्देशक फेर्न चलखेल, श्रममन्त्रीमाथि शंका !
काठमाडौँ - KTMबैदेशिक रोजगार

वैदेशिक रोजगार विभागका महानिर्देशक फेर्न चलखेल, श्रममन्त्रीमाथि शंका !

साझासवाल
Last updated: January 29, 2021 5:55 am
साझासवाल
5 Min Read
Share

अनिल अधिकारी | माघ १६, काठमाडौँ | वैदेशिक रोजगार क्षेत्रमा बेथिति बिरुद्ध हलचल उत्पन्न हुँदै गर्दा वैदेशिक रोजगार बिभागका महानिर्देशक फेर्न भीत्री रुपमा चलखेल भईरहेको बुझिएको छ । यस विषयको चर्चा वैदेशिक रोजगार व्यवसायीहरुले नै चलाएका हुन् ।

वैदेशिक रोजगार क्षेत्रमा काम गर्ने केहि व्यवसायीहरुले यस सम्बन्धमा मिडियासँग समेत चासो राख्न थालेका छन् । त्यसो त बिभाग स्रोतका अनुसार यसअघि पनि बिभागका महानिर्देशक कुमारप्रसाद दहाललाई सरुवा गर्न दुई पटकसम्म चलखेल गरिएको थियो । ‘निवर्तमान श्रममन्त्री रामेश्वर राय यादव एक सातामात्र थप मन्त्री पदमा बस्न पाएको भए बिभागमा महानिर्देशकको सरुवा निश्चित थियो’ स्रोतले बताएको छ । 

वैदेशिक रोजगार क्षेत्रको बर्षौं अघिको बेथिति नियन्त्रण गर्ने प्रयास गर्दैगर्दा आफूलाई सरुवा गर्ने प्रयास भईरहेको बिषयमा यसअघि दुईपटकसम्म हल्ला सुनेको वैदेशिक रोजगार बिभागका महानिर्देशक दहालले बताए । उनले भने ‘मैले पद सम्हालेको एक बर्ष पुग्दैछ, ७ महिना त कोरोनाको कारण वैदेशिक रोजगार क्षेत्र ठप्पनै रह्यो । अब काम गर्न सुरु गरेको ४/५ महिनामै सरुवाको कुरा सुनेको छु तर कतिसम्म सत्य हो भन्ने कुरा सरुवाको पत्र नआउनजेल मलाई थाहा हुँदैन ।’

बिभागले केहि महिना यता म्यानपावर क्षेत्रमा नियमित अनुगमन र कारवाही बढाएको छ । यसैको बिरोधमा गत आइतबार वैदेशिक रोजगार विभागमा म्यानपावर व्यवसायी धर्ना दिन समेत पुगे । म्यानपावर व्यवसायीले विभागका महानिर्देशकविरुद्ध नाराबाजी गर्दै व्यवसायीले चाहे भने मन्त्रालयको मन्त्री त परिवर्तन हुने भन्दै डीजीलाई फेर्नु ठूलो कुरा नरहेको बताएका थिए । आइतबारको धर्ना कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका एक अधिकारीले भने ‘व्यवसायीको माग पूरा हुँदैन भने यो डीजी रहेसम्म व्यवसायीले काम गर्नेवाला छैनन् । आजको मितिबाट छापा हान्ने काम भयो भने हामी मुठभेडमा जान्छौं ।’ धर्नाको क्रममा उनिहरुले म्यानपावरमा छापा हान्दा मिडिया लान नपाउने माग समेत राखेका थिए । 

श्रममन्त्री माथि शंका ! 

वैदेशिक रोजगार विभागले निलम्बनमा राखेको एसओएस म्यानपावर सर्भिसेजलाई बिभागको राय समेत नबुझी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फुकुवा गर्ने टिप्पणी उठाईदिएपछि वैदेशिक रोजगार क्षेत्रमा श्रममन्त्रालयले कसको कुरा सुन्छ भन्ने झल्को प्रस्तुत भएको छ । कतारमा प्रहरी पठाउन अनुमति नलिई अन्तर्वार्ता लिएको भन्दै विभागले एसओएसलाई ६ महिनासम्म निलम्बन गरी छानबिन सुरु गरको थियो । एसओएसमा कतार पुलिसको लागि अन्तर्वार्ता दिन सयौं युवाहरु पुगेको भिडियो समेत भाईरल भएको थियो तर त्यो भिडियोलाई समेत आधार नमानी मन्त्रालयले एसओएस माथिको कारवाहीको फाइललाई क्लिन चिट दियो ।

राजनीतिक रुपमा उच्च पहुँच राख्ने तथा कतार भिसा सेन्टरको संचालक समेत रहेका हेम गुरुङ अध्यक्ष रहेको एसओएसलाई समेत निलम्बनमा राख्ने बिभागका महानिर्देशकको आँट देखेर व्यवसायीहरु हच्किएका थिए । तर जब नयाँ मन्त्री गौरीशंकर चौधरीले बिभागको निलम्बन निर्णयलाई बिभागसँग सल्लाह समेत नगरी मनोमानी निर्णय गरिदिएपछि व्यवसायीहरु श्रम मन्त्रालयप्रति सकारात्मक बनेका छन् । 

पछिल्लो समय बिभागका महानिर्देशकले गरेको निर्णयलाई मन्त्रीलेनै उल्ट्याईदिएपछि श्रम मन्त्रालयमा कसको पक्षमा काम भईरहेको छ भन्ने शंका उत्पन्न भईरहेको छ । आफू मातहतको जिम्मेवार निकायले गरेको निर्णयलाई एकपटक कारवाही गर्ने निकायको समेत राय नलिई मनोमानी निर्णय गरिदिनुले श्रम मन्त्रालयको कार्यशैलीप्रतिनै प्रश्न उठेको छ । साथै मन्त्रालयको  निर्णयले आफ्नो मन चिसिएको बिभागका महानिर्देशक दहालले भाव प्रकट गरेका छन् । 

मन्त्रालयको पछिल्लो निर्णयले बिभाग मातहतका कर्मचारी समेत असन्तुष्ट बनेका छन् । एक कर्मचारीले भने ‘जुन उत्साहले बेथिति बिरुद्ध अनुगमन हुन्थ्यो अब यसरी मन्त्रालयले उल्ट्याउन थाल्यो भने कसरी काम गर्ने ?’ उनले अगाडी भने ‘सरकारी क्षेत्र किन सुध्रदैन भन्ने कुरा यस्तै भएर रहेछ । सबै सरकारी कर्मचारी उस्तै हुन्छन् भन्ने छैन, हामीलाई राम्रो काम गर्ने उत्साह दिने हो भने हामीले परिणाममुखी काम गर्न सक्छौं तर गर्न रोकिएपछि कसरी गर्नु ?’ 

अर्का एक कर्मचारीले थपे ‘बाहिर म्यानपावर व्यवसायीहरू अनुगमननै गर्न पाउदैनस् भन्दै कराउदै थिए । अब अनुगमनमा आईस भने मुठभेड गर्छु भन्दै धम्कि दिंदै थिए । त्यसैबेला हाम्रो मन्त्रालयले हामीले गरेको कामलाई उल्ट्याउदै थियो ।’ 

वैदेशिक रोजगार बिभागले अनुगमन गरि कारबाही गर्न सिफारिस गरेको म्यानपावरले श्रममन्त्रीसमक्ष पुनरावलोकन गर्न पाउने नियम छ । त्यसै नियमलाई एसओएसले आफूमाथि अन्याय भएको भन्दै तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवसमक्ष पुनरावलोकनका लागि निवेदन दिएपनि उनले कुनै निर्णय नगरी मन्त्रालय छाडे । तर, नयाँ मन्त्री गौरीशंकर चौधरी आएसंगै विभागको निर्णय बदर भयो । म्यानपावरको पक्षपोषण गरि मन्त्री चौधरीले निर्णय गरेपछि उनको जनस्तरबाट आलोचना समेत भएको छ । बिभागको निर्णयलाई बिभागको राय समेत नबुझी बदर गरिदिनुले मन्त्रालय आफ्नै मातहतको निकाय बिरुद्ध रहेको देखिएको छ । यसै छनकले व्यवसायीहरु अब बैदेशिक रोजगार बिभागका महानिर्देशक परिवर्तन हुँदैछन् भन्ने कुरालाई लिएर उत्साहित भएका छन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस
Next Article जर्मनीले अक्सफोर्ड-अस्ट्राजेनेकाको खोप ६५ वर्षमाथिका नागरिकलाई नदिने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

पारिश्रमिक माग्दा गोली खाएका श्रमिकको उपचार खर्च सरकारले व्यहोर्यो

57 years ago
काठमाडौँ - KTMविश्व

‘कोरोना परीक्षण अब एन्टिजेन किटबाट, ५८८ रुपैयाँ लाग्ने, नतिजा १५–३० मिनेटमै’ : डब्लूएचओ

57 years ago
काठमाडौँ - KTMविश्व

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा ४८१ जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMमुख्य समाचार

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

3 weeks ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?