2026-10-17 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार पुलिसमा प्रकरण: उल्टै मिडियाले भ्रम छर्यो भन्दै प्रचार !

माघ १७, काठमाडौँ | भारतको बाटो हुँदै कतार पुलिसमा नेपाली युवाहरुलाई पठाउन लागिएको सम्बन्धमा खुलाशा सहितको समाचार आएपछि मिडियालाईनै गलत बनाउने गरि समाचार खण्डन गरिएको छ । 

केहि संचार मध्यमहरुमा अंग्रेजीमा समेत समाचार लेखेर खण्डन गरिए अनुसार भिसा नम्बर ८०२०२१००००४२ भएका नेपाली पासपोर्ट नम्बर ०७९१४५७३ भएका सरोज कुँवर कतार प्रवेश नगरेको कतारको सरकारी निकायले दाबी गरेको उल्लेख छ । तर कतार प्रवेश नगरिएका भनिएका सरोज कुँवरको भिसा के आधारमा जारी भयो ? भन्ने बारे भने स्पष्ट पारिएको छैन ।

कतार पुलिसमा पठाउन प्रक्रिया छली भएको मुद्दा व्यापक रुपमा उठ्दै गर्दा सम्बन्धित व्यक्तिको भिसा जारी भएको विषयमा समाचारमा तर्क प्रस्तुत गरिएको छैन । सम्बन्धित व्यक्तिको कतार पुलिसमा जान भिसा र इन्ट्री परमिट समेत जारी भईसकेको अवस्थामा उनि कतार पुग्नु वा नपुग्नुसँग त्यति ठूलो वास्ता राख्दैन किनभने सम्बन्धित व्यक्तिको कतार छिर्नको लागि आवश्यक श्रम स्वीकृति बाहेक सबै कुरा कतार सरकारले जारी गरिसकेको अवस्था छ । श्रम स्वीकृति लिन नेपालको नीतिगत प्रक्रिया पुरा गर्नुपर्छ । बिभिन्न तीन म्यानपावरले कतार पुलिसमा पठाउन भन्दै अवैध अन्तर्वार्ता लिएपछि यो विषय अनुसन्धानकै चरणमा छ । जसको कारण नेपालबाट यो भिसाको श्रम स्वीकृति हुँदैन । त्यसो नहुँदा पनि सम्बन्धित व्यक्ति भारत वा तेश्रो देशको बाटोबाट सहजै कतार जान सक्छन् । 

नेपाल सरकारको नीति अनुसार कतारबाट नेपाली माग भएको डिमाण्ड कतार स्थित नेपाली दुतावासले प्रमाणीकरण गरेपछि बैदेशिक रोजगार श्रम कार्यालयमा पुर्व स्वीकृति लिएर दैनिक पत्रिकामा माग अनुसारको बिज्ञापन सार्वजनिक हुन्छ । बिज्ञापन आएपछि नेपाली युवाहरु छनोट हुन्छन् । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर मात्र भिसा आउँछ । तर कतार पुलिसको लागि भिसा कसरी जारी भयो भन्ने विषयलाई लुकाएर उल्टै मिडियाले भ्रम छर्यो भन्दै आफूलाई लागेको आरोपमा पानी माथिको ओभानो बन्ने प्रयास भएको स्पष्ट छ । 

कतार पुलिसमा लैजाने क्रममा नेपाली युवाहरुसँग लाखौँ अशुली हुने विषयमा समेत खण्डन समाचारमा केहि बोलिएको छैन । सम्बन्धित व्यक्तिको भिसाको प्रति बैदेशिक रोजगार बिभागले भेटेपछि त्यसको सम्बन्धमा कतारको भिषा चेक गर्ने पोर्टलमा समेत प्रमाणित छ । त्यसो त इन्ट्री परमिट समेत दिईसकिएको छ (माथि जारी मिति सहितको भिसा र इन्ट्री परमिट हेर्न सक्नुहुन्छ)। यसको मतलब सम्बन्धित व्यक्ति नेपालबाट श्रम स्वीकृति नलिई जाने दुई बाटो हुन सक्छन् – १. नेपाल एयरपोर्टबाट सेटिङ (प्रचलित आरोप अनुसार), २. भारत वा तेश्रो मुलुकको बाटो । भिसा छ, कतार छिर्ने परमिट समेत जारी भईसकेको छ, अब टिकट काटेर कतार छिर्न मात्र बाँकी अवस्था छ भने ‘उक्त व्यक्ति कतार नछिरेको’ भन्दै आफूलाई लागेको आरोपलाई भ्रम भन्दै किनारा लगाउन खोजिएको स्पष्ट बुझ्न सकिन्छ ।

स्रोतका अनुसार कतार पुलिसको डिमाण्ड दिन प्रतिव्यक्ति १२ हजार कतारी रियाल कमिसन लिने गरिएको छ । यो कमिसन डिमाण्ड पठाउने कतारी अधिकारीलाई मात्र हो वा दुतावासलाई समेत भाग लाग्छ भन्ने कुरा स्पष्ट नभएपनि चर्को अशुली कमिसनको केहि भाग नेपालस्थित कतारी दुतावासमा समेत लाग्ने आरोप लगाईएको छ । आरोप पुष्टि गर्न सहज छैन तर नेपाली युवाले कतार पुलिसमा जान चर्को लागत तिर्नुपर्छ भन्ने विषयले लगाइएको आरोपलाई शंकाको घेरामा राखेको छ । अन्यथा कतार सरकारले नेपाली कामदार छनोट गर्न सहज र नीतिगत बाटो हुँदा-हुँदै पनि किन प्रक्रिया छल्न खोजिरहेको छ भन्ने कुरा शंकास्पद छ ।

नेपाल सरकारको नीतिगत कारणलाई देखाएर नेपालमा आएको आकर्षक डिमाण्ड अन्य देशमा जान लागेको भन्दै बहाना बनाइएको छ । तर कतार पुलिसमा ठूलो संख्यामा नेपाली कामदार माग भएको भनिएपनि उक्त मागलाई पूर्ति गर्न जुन प्रक्रिया अपनाउनु पर्ने हो अपनाइएको छैन । साथै कतार पुलिसमा कसरी हुन्छ सरकारी लागत वा कमसेकम लागतमै युवाहरुलाई पठाउन सकिने विषयमा सम्बन्धित निकायसँग कुनै छलफल समेत गरिएको छैन । यसअघि मिडिया रिपोर्टहरुमा कतार पुलिसमा जान ९ देखि १२ लाख तिर्नुपर्ने विषय उठाइएपछि सोको विषयमा समेत स्पष्टिकरण दिईएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु