2026-10-17 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वैदेशिक रोजगार क्षेत्रमा गैरकानुनी कामको सूचना पाए जानकारी दिनुस्’ – संघ

माघ १८, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा गैरकानुनी कामको सूचना पाए जानकारी दिन सार्वजनिक अपिल गरेको छ । संघले गैरकानुनी तरिकाले वैदेशिक रोजगारमा पठाउने कार्यको बिरोधमा संघ रहेको भन्दै बिधिसम्मत संचालन गरिने र हुने काम कारोवारमा मात्र व्यवसायीको पक्षमा रहेको जनाएको छ । 

एक प्रेस विज्ञप्ति जारी गर्दै संघले श्रम स्वीकृति नलिई भिजिट भिसामा कामदार पठाउने काममा म्यानपावर व्यवसायी संलग्न भएको पाइए कारवाही गर्ने जनाएको छ । संघले भिजिट भिसामा कामदार पठाएको भनि सूचना आएका कम्पनीहरुलाई स्पष्टिकरण सोध्न सुरु गरेको समेत जनाएको छ ।

संघले भिजिट भिसामा पठाउने कार्यमा कुनै म्यानपावरको संलग्नता रहेको पाइए त्यस्तो संस्थालाई अधिकतम कारवाहीको लागि लेखि पठाउने जनाएको छ । 

संघले बिज्ञप्तिमा भनेको छ ‘कुनै पनि वैदेशिक रोजगार संस्था संस्थागत रुपमा गैर कानुनी कार्यमा संलग्न रहेको सूचना जानकारी कोहि कसैलाई भएमा त्यस बारेमा संघलाई जानकारी गराई व्यवसय शुद्धिकरण गर्न र गलत काम गर्नेलाई दण्डित गर्न संघलाई सहयोग गरिदिनुहुन समेत हार्दिक अनुरूध गरिन्छ ।’ 

संघको बिज्ञप्ति हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु