2026-10-17 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडा रोजगारीमा पठाइदिने भन्दै भारतीय गिरोह सक्रिय, ४ जना नियन्त्रणमा (भिडियो सहित)

माघ २०, काठमाडौँ | वैदेशिक रोजगार विभागले टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा छापा मारेको छ । म्यानपावरको कार्यालयले भाडामा लिएको ठाउँमा ओम गणपति ह्याप्पी लाइफ कम्पनी प्रालि भन्ने अवैध संस्था खोली क्यानडा पठाउने काम गरेको पाइएको छ । उक्त संकास्पद विषयको उजुरी प्राप्त भएपछि वैदेशिक रोजगार बिभागको अनुगमन टोली र मिडिया उक्त स्थानमा पुगेको छ । तलको भिडियोमा हेर्न सक्नुहुन्छ । 

अनुगमनको क्रममा भारतीय नागरिकहरुद्वारा क्यानडा पठाइदिने भन्दै भएको ठगिमा सामाखुसी स्थित त्रिपाल स्टार म्यान्पावरले समेत साथ दिएको पाइएको छ । म्यानपावरको माथिल्लो तलामा दर्तानै नगरी अर्को कम्पनी खडा भएको पाइएको छ । जसमा ४ जना भारतीय नागरिकलाई कर्मचारीको रुपमा परिचालन गरिएको समेत पाइएको छ । 

विगत १ महिनादेखि बसपार्कमा आएर उक्त गिरोह वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरिरहेको दर्जनौं प्रमाणहरु समेत भेटिएका छन् । उक्त गिरोहले नेपाली युवाहरुसँग प्रतिव्यक्ति ५ हजार भारतीय रुपैयाँ उठाएको र अफर आएपछि १ लाख बुझाउनु पर्ने खालको सम्झौता गरेका छन् । तर छापा मार्ने क्रममा भेटिएका केहि कागजातमा ३/४ लाख रुपयाँ लिने सम्बन्धमा समेत कागजातहरु फेला परेका छन् । 

उक्त गिरोहले फेसबुक र ह्वाट्सएप प्रयोग गरि नेपाली युवाहरु माझ बिज्ञापन गर्ने गरेको र नक्कली कम्पनी खडा गरि अशुली गर्दै कार्यालय सार्दै अशुली गर्ने गरेको पाइएको छ । यो कार्यको योजनाकार आशिस सेट भने भारतमै रहेको पक्राउ परेका ४ जना भारतीय नागरिकहरुले बताएका छन् । 

विभागले छापा मार्ने क्रममा अवैध कार्यालय प्रयोजनका ल्यापटप २ थान, बिलप्याड २ थान, एमओयू पाना ५ थान, ट्रिपल स्टारको मार्केटिङ बुक १ थान, ठूलो बिलप्याड १ थान, कपिहरु १० थान, क्यानडाको अफर अफ इम्पोलायमेन्ट २ थान, राहदानीका फोटोकपी सहितको बायोडाटा र कागजातहरु ६ थान, ठूलो सम्झौता पत्र १ थान, सर्टिफिकेट अफ रजिष्ट्रेसन ६ थान र प्लाष्टिकको फाइल १ थान नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका भारतीय नागरिकहरुले आफूहरुसँग कुनैपनि पचिचयपत्र समेत नभएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पक्राउ परेकाहरुसँग थप अनुसन्धान हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु