2026-10-17 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको राहदानी विदेशमा हरायो ? यस्तो छ MRP राहदानी बनाउने प्रक्रिया

माघ २०, काठमाडौँ । संयुक्त अरब र्इमिरेट्समा रोजगारी, व्यवसाय वा अन्य कुनै कामका सिलसिलामा बस्ने नेपाली नागरिकहरूले आफ्नो हस्तलिखित राहदानी को सट्टा मेशिन रिडेवल राहदानी (MRP) लिन चाहेमा,राहदानी हराएमा,मेशिन रिडेवल पासपोर्ट (MRP) का पानाहरू प्रयोग भर्इ सकेको वा झुत्रो भर्इ प्रयोग गर्न नसकिने भएमा,तपाइँ आफ्नो नयाँ राहदानी बनाउन सक्नुहुन्छ । जसको लागि निम्न अनुसार  कागजातहरू लिएर निवेदक स्वयं यस राजदूतावास, अवुधावीमा सम्पर्क राख्नुहोस ।

-दुर्इ प्रति राहदानी फारामhttp://nepalpassport.gov.np वाट डाउनलोड गरेर भर्ने,

-हाल प्रयोग भइरहेको राहदानी सक्कलै र सोको एक प्रतिलिपि

-युएर्इको भिषा भएको पानाको प्रतिलिपि एक

-नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक

-राहदानी दस्तूर २००.०० दिरहाम । तर हराएको वा नासिएको वा विभिन्न कारणले क्षती भएको पासपोर्टको हकमा दि. ४००.०० दस्तुर लाग्ने छ।

-निवेदक स्वयं उपस्थित हुनुपर्नेछ ।

यदि राहदानी हराएको भएमा थप कागजातहरू 

-राहदानी जहाँ हराएको हो त्यो क्षेत्रको प्रहरी कार्यालयले दिएको प्रतिवेदन

-कम्पनीले हराएको भएमा कम्पनीको एक पत्र समेत

-यदि युएर्इमा जन्मेको वच्चाको लागि भएमा आवश्यक कागजातहरू

-युएर्इको स्वास्थ्य प्राधिकरणबाट जारी भएको जन्म दर्ता प्रमाणपत्र सक्कल र एक प्रतिलिपि,(युएर्इको परराष्ट्र मन्त्रालयवाट प्रमाणित भएको हुनु पर्ने)

-वच्चाको वावुआमा दुवैको राहदानीका प्रतिलिपिहरू

-वच्चाको वावुआमा दुवैको भिषाका प्रतिलिपिहरू

-वच्चाको वावुआमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि

-वच्चाको वावुआमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरू

-राहदानी दस्तुर दि. १००.००

-बच्चालाइ लिएर अभिभावक स्वयं उपस्थित हुनुपर्नेछ ।

यी कुरामा ध्यान दिनुहोस 

-फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसंग भर्नु अनिवार्य छ । तोकिए वमोजिमको फरम्याटमा डाउनलोड गरेर टाइप  गरेर मात्र विवरण भर्नु पर्ने हुन्छ ।

-फाराम भर्दा  ल्याप्चे लगाउने कोठाहरूमा र हस्ताक्षर गर्न नसक्ने कुनै पनि उमेरका निवेदेकहरूले केही पनि नलेखी मात्र × चिन्ह लगाउन सक्ने छन् ।

-कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पार्इएमा त्यस्ता निवेदन माथि कुनै कारवाही गरिने छैन ।

-राहदानी तयार भर्इ नेपालवाट यस राजदूतावासमा आर्इपुग्न निवेदन दर्ता भएको मितिले करीब १ महिना लाग्छ । तसर्थ, राहदानी वनेर आर्इपुगेको खवर राजदूतावासमा सम्पर्क गरेर वा दूतावासको Website वाट -थाहा पाउन सकिने छ र राहदानी लिन अनिवार्य रूपमा रकम तिरेकोरसीद र पुरानो राहदानी लिएर निवेदक स्वयं उपस्थित हुनुपर्नेछ ।

-शुक्रवार, शनिवार र अन्य विदाका दिनहरू वाहेकका हरेक दिन विहान ०९.३० देखि दिउँसो १.०० वजेसम्म निवेदन पेश गर्न सकिने छ ।

-राहदानी सम्बन्धी विस्तृत जानकारीhttps://nepalpassport.gov.np/ वाट प्राप्त गर्न सकिने छ ।

स्रोत ;युएई स्थित नेपाली दूतावास 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु