2026-10-16 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी स्थित मागपत्र प्रमाणीकरण सम्बन्धि दूतावासको सूचना

माघ २५, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले दैनिक ३० देखि ३५ वटासम्म मागपत्र प्रमाणीकरण गर्ने भएको छ । कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको र संक्रमण बढ्दै गएकाले साउदी सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै दैनिक ३० देखि ३५ वटासम्म मागपत्र प्रमाणीकरण गर्ने भएको हो । 

यस्तै ठूलो संख्यामा कामदार माग भएका तथा कम्पनी भ्रमण गरी थप बुझ्नुपर्ने देखिएका मागपत्रहरुको प्रकृया कोरोना संक्रमणको जोखिम न्यून भएपछि मात्र शुरू गरिने दूतावासले जनाएको छ। दूतावासका अनुसार कोरोना संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै राजदूतावास चान्सरी परिसरमा अनावश्यक भिडभाड हुन नदिनतत्कालका लागि मागपत्र प्रमाणीकरणसम्बन्धी सबैप्रकारका प्रत्यक्ष भेटघाट बन्द गरिएको छ ।

मागपत्र प्रमाणिकरण सम्बन्धी आवेदनहरू अनलाइनमार्फत पठाउने कार्य जारी राख्न र यस बारे जिज्ञासा भएमा इमेल ठेगाना demandriyadnagmail.com पठाउन दूतावासले आग्रह गरेको छ । कोभिड-१९ का कारण स्थगित भएको कामदार मागपत्र प्रमाणीकरण कार्य माघ ११ (२४ जनवरी २०२१) गतेदेखि पुनः संचालनमा ल्याइएको थियो । मागपत्र प्रमाणीकरणका लागि अनलाइन प्रणाली (https://demand.nepalembassy.gov.np) बाट आवेदनहरु दिन सकिने छ । 

हाललाई एकैपटक धेरै संख्यामा आवेदनहरू आएकाले ती आवेदनलाई प्रकृयामा लगेर टुङ्ग्याउन अरू केही समय लाग्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु