2026-10-16 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक संजालको दुरुपयोग: ठगीमा संलग्न पक्राउ, झन्डै २ करोड लिएको रेकर्ड फेला !

माघ २७, काठमाडौँ | महानगरीय अपराध महाशाखा काठमाडौँले सामाजिक संजालको दुरुपयोग गरी ठगीमा संलग्न झापा अर्जुनधारा १ का पंकज पौडेलीलाई पक्राउ गरेको छ ।

पौडेलीले सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, इमो र फेक इमेल खोलेर सिंगापुर, लण्डन, कोरियाको नागरीक हुँ भन्दै बिभिन्न ब्यक्तिहरुलाई साथी बनाएर ठगि गरेको पाइएको छ । ठगीमा संलग्न ३० बर्षीय पौडेलीले सामाजिक संजालबाट कुराकानी गरी बिश्वास दिलाई पीडितहरुलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट समेत पठाएको प्रहरीले जनाएको छ । त्यसैमा मानिसहरुलाई विश्वास दिलाएर रोजगारीको लागि भिषा लगाईदिने भनी नक्कली भिषा पठाई बिश्वासमा दिलाई ठगि गरेको प्रहरीले जनाएको छ । पौडेलीले केहि मानिसलाई पार्सल एवं गिफ्टको सामानहरु प्राप्त गर्नको लागि भन्सार शुल्क तिर्नु पर्छ भनी भारतबाट फोन समेत गरी नेपालमा रहेका बिभिन्न ब्यक्तिहरुको नाममा रकम पठाउनु भनी नाम समेत दिएर हालसम्म बिभिन्न पीडित ब्यक्तिहरुबाट २६ लाख ८० हजार २७१ आइएमई गरी बिभिन्न ब्यक्तिहरुको नाममा रकम पठाउन लगाएको प्रहरीलाई उजुरी परेको थियो । 

प्रहरीका अनुसार पीडितहरुलाई सामाजिक संजाल मार्फत साथी बनाई प्रलोभनमा पार्ने पौडेलीले बिभिन्न ब्यक्तिहरुको परिचयपत्रको समेत दुरुपयोग गर्ने गरेको पाइएको छ । ठगि धन्दामा संलग्न पौडेलीले पिडितकै परिचयपत्र देखाएर अरुकै नामबाट आइएमई मार्फत पैसा निकाल्ने गरेको समेत खुलेको छ । रकम निकाल्दा रकम पठाएका ब्यक्तिहरुको सवारी चालक अनुमति पत्रमा एउटै फोटो प्रयोग गरी नक्कली सवारी चालक अनुमती पत्र पेश गरी रकम लिने गरेको देखिएको प्रहरी अनुसंधानबाट खुलेको छ । 

प्रहरी महाशाखाले अनुसन्धानको क्रममा ठगि धन्दामा संलग्न ब्यक्तिहरुको बारेमा अनुसन्धान गर्दै जाँदा पंकज पौडेलीको संलग्नता रहेको देखिएको जनाएको छ । पौडेली झापाका हुन् । निजलाई जिल्ला प्रहरी कार्यालय झापासंग समन्वय गरी गत माघ २५ गते बिर्तामोडबाट पक्राउ गरीएको प्रहरी महाशाखाले जनाएको छ । प्रहरीले ठगीमा संलग्न पौडेलीको साथबाट प्रारम्भिक अनुसन्धानको क्रममा एक करोड ९५ लाख १२ हजार ३५२ रुपैया बिभिन्न व्यक्तिहरुबाट प्राप्त गरेको रेकर्ड समेत फेला परेको जनाएको छ । प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा साथबाट १३ लाख ९५ हजार २१५ रुपयाँ बरामद गरेको जनाएको छ । त्यस्तै मोबाइल २ थान, बिनोद काफ्ले नामको सवारी चालक अनुमति पत्रको फोटोकपि, अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपि, निजकै नागरिकता, स्टार गोल्ड लेखिएको १ थान झोला, सिटि एक्सप्रेस मनि ट्रान्सफरको २ थान बिल र इस्टिमेट लेखिएको २ थान बिल फेला पारेको छ ।

ठगीमा संलग्न पौडेलीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहिको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु