2026-10-16 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा रोजगारीको लागि युएई नआउन दूतावासको आग्रह

माघ २८, काठमाडौँ । भिजिट भिसामा रोजगारीको लागि संयुक्त अरब इमिरेट्स नआउन दूतावासको आग्रह गरेको छ । बुधबार एक सूचना जारीगर्दै पछिल्लो समय नेपालीहरु युएई भिजिट भिसामा आएर रोजगारीको खाजी गर्ने गरेको भन्ने जानकारी प्राप्त भएको भन्दै यस्तो भिसामा नआउन दूतावासको आग्रह गरेको हो ।  

बैदशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ ले बैंदेशिक राजगारीमा जान चाहनेले तोकिएको सरकारी निकायवाट श्रम स्वीकृति लिएर जानुपर्ने व्यवस्था गरेको छ । कानुन अनुसार भिजिट भिसामा आएर रोजगारी गर्न पाइदैन । 

त्यसको लागि श्रम स्वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने व्यवस्था भएपनि भिजिट भिसामा आउने गरेको पाइएको दूतावासले जनाएको छ । यसरी भिजिट भिसामा आउनेहरू ठगीमा परेको, रोजगारी नपाएर अलपत्र परेको वा अन्य विभिन्न समस्या र अष्ट्याराहरूमा समेत पर्ने गरेका छन् । 

भिजिट भिसामा आउने क्रममा ठगीमा पर्ने,आइसकेपछि अलपत्र छोडिदिने वा नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करको जालमा समेत पर्न सक्ने जोखिम रहेको छ । 

 ‘भिजिट भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पन्ने यहाँ आइसकेपछि, अलपत्र छोडिदिने वा नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करको सवालमा समेत पर्न सक्ने जाखिम रहन्छ ।’ दूतावासले भनेको छ, ‘कसैको ललाइफकाइ वा आश्चासनमा परेर रोजगारीको लागि भिजिट भिसामा यँहा नआउन र यसरी आउन प्रोत्साहन नगर्न सम्बन्धित सबैलाई जानकारीका साथै अनुरोध गरिन्छ ।’

भिजिट भिसामा विदेश आएर कुनै समस्या परेमा,खाने, बस्ने समस्या नभएमा,विरामी परेमा,मृत्यु भएमा,ठरगीमा परेमा वा कुनै कानूनी झमेला परेको खण्डमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट समेत सहयोग नहुने दूतावासले जनाएको छ । 

अलपत्र परेको वा भनेजस्तो काम नपाएको खण्डमा सम्बन्धित मेनपावर कम्पनी वा अन्य निकायलाई जिम्मेवार बनाउने अवस्था पनि नरहने दूतावासले बताएको छ । 

दूतावासले कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा आउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु