साउन २१, काठमाडौं । साउदी अरवमा हजारौं आफ्ना नागरिक भोक्कै भएपछि भारत सरकारले उद्दार सुरु गरेको छ । तर, नेपालको अवस्थाबारे अहिलेसम्म सरकारले कुनै सूचना सार्वजनिक गरेको छैन ।

साउदी पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको छ । तर, त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, काठमाडौं । साउदी अरवमा हजारौं आफ्ना नागरिक भोक्कै भएपछि भारत सरकारले उद्दार सुरु गरेको छ । तर, नेपालको अवस्थाबारे अहिलेसम्म सरकारले कुनै सूचना सार्वजनिक गरेको छैन ।

साउदी पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको छ । तर, त्"/>

2026-07-04 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा नेपाली कामदार समस्यामा, १० महिनादेखि तलव पाएनन्

साउन २१, काठमाडौं । साउदी अरवमा हजारौं आफ्ना नागरिक भोक्कै भएपछि भारत सरकारले उद्दार सुरु गरेको छ । तर, नेपालको अवस्थाबारे अहिलेसम्म सरकारले कुनै सूचना सार्वजनिक गरेको छैन ।

साउदी पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको छ । तर, त्यहाँ भारती मात्र होइन, नेपाली पनि समस्यामा परेको पाइएको छ । कतिसम्म भने नेपाली कामदारहरुले ९ महिनासम्म तलब पाएका छैनन् ।

तेलको मूल्यमा आएको गिरावटसँगै साउदीमा आर्थिक संकट देअिएको छ र त्यसको असर राजगारीमा गएका नेपालीमा पनि गरेको हो । साउदी अरबका कम्पनीमा कार्यरत कामदारले समयमै तलव नपाउने, कम्पनीले बेवास्ता गर्ने र कामदारहरु काम छाड्दै अवैधानिक रुपमा काम गर्ने समस्या बढ्दो छ ।

रियादस्थित दूतावासका श्रम-सहचारी अम्बिकाप्रसाद अधिकारीका अनुसार तलव नपाएर अलपत्र परेको सूचनाहरु आउन थालेका छन् ।

झण्डै दुई साता हप्ताअघि साउदी अरबको दमामस्थित जुबेलमा २३ नेपाली तलव नपाएर अलपत्र परेको खबर बाहिर आयो । अब्दुल मोअसिन अल मौसा कम्पनीमा काम गर्ने नेपालीहरुले पाँच महिनादेखि तलव नपाएको थाहा पाएपछि नेपाली दूतावासले समाधानका लागि पहल सुरु गरेको छ ।

फेरि बुधबार नाफ इन्टरनेशनल कम्पनीमा ४८ नेपाली ३ महिनासम्म तलव नपाएर समस्यामा परेको खबर सार्वजनिक भएको छ ।

‘महिना मर्नासाथ तलव बुझ्ने कामदारले लामो समय तलव नपाउँदा अनेक समस्या भोग्नु परेको छ’ श्रम सहचारी अधिकारीले अनलाइनखबरसँग भने,’तलवबाटै रासन किने खानुपर्नेलाई बढी समस्या भएको छ ।’

समस्यामा पर्नेको तथ्यांक छैन

तेलको मूल्यमा आएको गिरावटसँगै साउदीमा पनि रोजगारदाता कम्पनीहरु आर्थिक समस्याको शिकार भएको बताइएको छ 

यसैका कारण नेपालीसहित विदेशी कामदार यसको चपेटामा परेको अन्तार्रष्ट्रिय सञ्चारमाध्यमले पनि जनाएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले साउदी अरबमा रहेका ३० लाख भारतीय मध्ये १० लाख बढीले खाद्यान्न संकट झेलिरहेको भन्दै उद्दारको हिल थालेकी छन् ।

तलव नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपालीको संख्या निकै उच्च दरमा बढिरहेको साउदीको रियादस्थित दूतावासले जनाएको छ । ‘खानै नपाएर भोकमरीकै चपेटामा परेको भनेर गुनासो आएको छैन’ श्रम सहचारी अधिकारीले भने, ‘तर, विगत ४ महिनालाई तुलनात्मक रुपमा केलाउने हो भने यो बीचमा तलव नपाएको भन्दै गुनासो गर्ने कामदारको संख्या लगातार बढिरहेकै छ ।’

पछिल्लो समयमा नेपालीरुले कम्पनीले तलव उपलब्ध नभएको भन्दै दूतावासमा सामूहिक रुपमा नै उजुरी दर्ता गराउने गरेका छन्

तर, समस्यामा परेका नेपाली कामदारको एकीन तथ्यांक छैन । तलव उपलब्ध गराउन पहल गर्न आग्रह गर्दै महिनामा ५ देखि ७ सय कामदारले दूतावासको सहयोग माग्न थालेको सहचारी अधिकारीले जानकारी दिए । ‘ठ्याक्कै तथ्यांक तयार गरेका छैनौं । तर, हामी कहाँ गुनासो गर्नेहरुको संख्या सानो भने छैन’ अधिकारीले थपे,’फाटफुट रुपमा भन्दा पनि अहिले सामूहिक रुपमा उजुरी गर्नेहरु बढेका छन् ।’

१० महिनादेखि तलवबिहीन !

पछिल्लो समयमा नेपालीरुले कम्पनीले तलव उपलब्ध नभएको भन्दै दूतावासमा सामूहिक रुपमा नै उजुरी दर्ता गराउने गरेका छन् । अहिले ५०/१०० जना कामदारले एकैपटक गुनासो गर्ने क्रम बढेको दूतावासले जनाएको छ ।

अधिकारीहरुका अनुसार साउदीमा १० महिनादेखि तलब नपाएका नेपालीहरु पनि छन् । तलब नदिएपनि कामदार बाध्यात्मक रुपमा श्रम गरिरहेकै छन् । ‘३ महिनादेखि अधिकतम् १० महिनासम्म तलव नपाएका कामदार हाम्रो सम्पर्कमा आएका छन्’ अधिकारीले भने,’हामीले रोजगारदाता कम्पनी र सरकारी श्रम अधिकारीलाई पत्राचार गरेर यसलाई समाधान गर्न पहल गरेका छौं ।’

दूतावासको पहलमा धेरै कामदारको समस्या सामाधान भएको र कतिको हुने चरणमा रहेको दावी अधिकारीहरुको दाबी छ । कतिपय कामदारको समस्या हल गर्न कम्पनीहरुमै गएर कुरा गर्ने गरिएको दूतावासले जनाएको छ ।

किन यस्तो समस्या ?

तेल उत्पाादक साउदीसहितका खाडी देशमा ठूलो संख्यामा नेपाली नागरिकहरु रोजगारी गर्छन्् । तर, विगत केहि महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले यी देशहरु निकै ठूलो आर्थिक समस्यामा परेका छन् । कुल गाह्रस्थ उत्पादन ४५ प्रतिशत तेलको योगदान हुने साउदीमा उठ्ने कुल राजश्वको ८० प्रतिशत रकम तेल र त्यसैसँग सम्बिन्धत उत्पादनमा निर्भर छ ।

त्यसैले तेलको मूल्यमा गिरावट आउादा साउदी अरेयिबा सञ्चालनमा रहेका कम्पनीहरु समस्यामा पर्ने गरेका छन् । विशेषगरी सरकारसँग विभिन्न कामको जिम्मा लिएर सरकारी भुक्तानीका भरमा चल्ने कम्पनीहरु बढी आर्थिक समस्यामा छन् ।

आर्थिक समस्याले समयमै सरकारी भुक्तानी प्राप्त नहुँदा निर्माण क्षेत्रका कम्पनीमा धेरै समस्या देखिएको छ ।

सरकारको राजश्व नै घटेपछि देशको आर्थिक चक्र प्रभावित हुँदा बजारमा विभिन्न उत्पादनको माग घटेको छ । नागरिकसँगको किन्ने क्षमता कमजोर भएपछि बजारमा उत्पादनहरुको खपत कम भएको छ । त्यसैकारण उत्पादनमूलक कम्पनीहरु पनि कामदारलाई समयमै तलव भुक्तानी गर्न सकिरहेका छैनन् । नागरिकहरुले विलाशिताका खर्च घटाएछि सेवामूलक क्षेत्रमा पनि यस्तै असर देखिएको छ ।

यसैकारण साउदी अरबमा सयौं कम्पनीहरु बन्द भएका छन् । जसले केही नेपाली कामदार बेरोजगार भएका छन् वा धेरैले तलव पाएका छैनन् ।

दूताबासले सरकारलाई गुहार्‍यो 

समस्या झनै विकराल बन्न सक्ने भन्दै रियादस्थित नेपाली दूतबासले दूतावासले सरकारको ध्यानाकर्षण गराएको छ ।

‘साउदी अरेबियामा यही समस्याले कामदार आर्थिक शोषणमा पर्ने  क्रम निकै बढ्ने देखिएको छ’ श्रम सहचारी अधिकारीले भने, ‘अब कामदारलाई साउदी पठाउनुअघि नै कमजोर आर्थिक क्षमता भएका कम्पनीमा नपठाउने नीति लिनुपर्छ ।’

उनले साउदीका कम्पनीहरुको ग्रेडिङ वेबसाइटमा सहजै हेर्न मिल्ने भन्दै तल्ला ग्रेडका कम्पनीमा नेपााली कामदारलाई आउन श्रम स्वीकृति दिन बन्द गर्नुपर्ने बताए । ‘काम लगाएर तलव नै भुक्तानी गर्न नसक्ने कम्पनीमा नेपालीलाई आउन अनुमति नै दिनु हुँदैन’ उनले भने,’अब म्यानपावर व्यवसायी र वैदेशिशक रोजगार विभागले छिट्टै यस विषयमा निर्णय लिलनुपर्छ ।’

गत एकवर्षमा १ लाख ३८ हजार ५ सय युवा साउदीमा कामका लागि पुगेका छन् । यो बीचमा साउदी जाने युवाको संख्या उल्लेख्य रुपमा बढेको थियो । आर्थिक वर्ष २०७१/७२मा ९८ हजार २ सय युवा साउदी पुगेका थिए । – अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो