2026-10-16 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा महिलालाई परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य !

माघ २८, काठमाडौं । भिजिट भिसामा महिलालाई जान कडाई गर्न भन्दै एक्लै विदेश जाने महिलाले परिवारको सहमति र वडा कार्यालयको अनिवार्य सिफारिस चाहिने व्यवस्था प्रस्ताव गरिएको छ । अध्यागमन विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्दै सो प्रावधान सहितको नयाँ कार्यविधि स्वीकृतिका लागि गृह मन्त्रालयमा पेश गरेको हो । 

गृह मन्त्रालयले केहि समय अगाडी भिजिट भिसाको दुरुपयोग भएको निश्कर्ष सहित एक छानविन समिति बनाएको थियो । सोही समितिको सुझावलाई समेत मध्यनजर गर्दै कार्यविधि संशोधनको प्रस्ताव गरिएको हो ।

विभागले भिजिट भिसाको दुरुपयोग रोक्ने उद्देश्य सहित कार्याविधि संशोधन गर्न लागेको बताएपनि यसले महिला र पुरुषबीच विभेद गर्ने देखिएको छ । हाल भिजिट भिसामा महिला र पुरुष दुवै जाने गरेका छन् । तर पुरुषले भनें त्यस्तो सहमति र सिफारिस बुझाउनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छैन । विभागका महानिर्देशक रमेशकुमार केसीले पनि कार्यविधि मन्त्रालयमा पठाइएको बताए ।

भिजिट भिसामा जानेहरुले अब अनिवार्य रुपमा १५ लाखको बीमा गर्नुपर्ने प्रावधान पनि प्रस्ताव पनि गरिएको छ । विदेशमा विरामी भएर उपचार गर्नुपरेमा वा मृत्यु भएमा शव नेपाल ल्याउन समस्या हुने गरेका कारण बीमा अनिवार्य गर्ने अध्यागमन विभागको प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु