2026-10-16 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारी: घरबाटै आवेदन दिन सकिने, कति लाग्छ लागत ?

फागुन २, काठमाडौँ | वैदेशिक रोजगार विभागले फागुनको दोश्रो सातासम्ममा इजरायलको रोजगारीका लागि आवेदन माग गर्ने तयारी गरेको छ । गत असोजमा इजरायलमा केयर गिभर कामका लागि नेपाली कामदार पठाउने सम्बन्धी सम्झौता  भएपनि आवेदन माग भएको छैन । 

इजरायलले पहिलो चरणमा ५०० जना केयरगिभर पदको लागि रोजगारी खुला गर्दैछ । ५०० जनाको कोटामा ३० प्रतिशत पुरुष र ७० प्रतिशत महिला कामदारहरु इजरायल जान पाउनेछन् । 

यसअघि एक अन्तर्वार्तामा बैदेशिक रोजगार बिभागका महानिर्देशक कुमारप्रसाद दहालले इजरायल रोजगार सम्बन्धि दिएको जानकारी सहितको भिडियो हेर्न सक्नुहुन्छ । यसैबीच विभागका महानिर्देशक दहालका अनुसार इजरायल रोजगारको लागि अनलाइनबाटै आवेदन माग गर्ने सफ्टवेयर अन्तिम चरणमा पुगिसकेको जनाएका छन् । उनको अनुसार अबको केहि दिनमा आवेदनको सबै तयारी पुरा हुनेछ । 

इजरायलमा केयर गिभरमा रोजगारीमा जान सरकारी माध्यम प्रयोग गर्न पाइन्छ । यो पटक इजरायल रोजगारीको लागि निजी क्षेत्रको संलग्नता रहेको छैन । त्यसैले सरकारी निकायले हदैसम्मको पारदर्शी बाटोबाट कामदार छनोट गर्ने दावी गरिरहेका छन् । त्यसो त सरकारी निकायहरुलाई समेत शंका गर्दै बिभिन्न टिप्पणीहरु गरिएका छन् । 

विभागका महानिर्देशक दहालले साझा सबाल मिडियालाई दिएको जानकारी अनुसार इजरायलमा केएरगिभरमा जानको लागि कम्तिमा एसएलसी पास हुनुपर्छ । एसएलसी पास भएकाहरुले कम्तिमा १५ महिनाको मेडिकल वा प्यारामेडिकलको तालिम लिएको हुनुपर्छ । प्लस २ पास गरेकाहरुले भने केएरगिभरको तीन महिने तालिम लिएको हुनुपर्छ । त्यस्तै उचाई कम्तिमा ५.१ इन्च हुनुपर्छ । तौल ४५ केजी भन्दा बढी हुनुपर्छ । उमेर हद कम्तिमा २५ बर्षदेखि ४५ बर्षभीत्रको हुनुपर्छ । 

वैदेशिक रोजगार बिभागका अनुसार पांच सय केयर गिभर इजरायलमा रोजगारमा पठाउने प्रायोजनको लागि आन्तरिक कार्यविधि बनाई अनलाइनमार्फत नेपाली र अंग्रेजी दुवै भाषामा आवेदन माग गर्ने तयारी भइरहेको छ । बिभागका अनुसार इजरायल जानको लागि आफ्नै घरबाट आवेदन दिन पाइन्छ । 

सरकार आफैले इजरायल पठाउने काममा भूमिका खेले पनि छनोट भएका कामदारहरुले इजरायल रोजगारको लागि सम्पूर्ण लागत आफै व्यहोर्नुपर्छ । त्यसो भए इजरायल जानको लागि कुल लागत कति लाग्छ ? भन्ने प्रश्नको एकिन जवाफ भने आइसकेको छैन । तर इजरायल जानको लागि पासपोर्ट बनाउँदादेखि इजरायल रोजगारमा पुग्दासम्मको कुल खर्च कम्तिमा एक लाखदेखि बढीमा एक लाख ५० हजार सम्म लाग्ने अनुमान छ । 

सरकारले खाडीका छ देश र मलेसिया रोजगारीमा जाँदा रोजगारदाताले नै टिकट र भिसा शुल्क दिनुपर्ने नीति लिएको अवस्था छ । तर सरकार आफैले पठाउदा भने लागत महंगो हुने टिप्पणी उठ्दै आएको छ । यसअघि कोरिया रोजगारको लागि पनि सरकारी प्रक्रियाबाटै रोजगारमा युवाहरु गईरहेका छन् । कोरिया रोजगारमा जाँदा पनि एक लाख लागत जाने कामदारलेनै तिर्नुपर्ने हुन्छ । यसै विषयलाई लिएर वैदेशिक रोजगारमा पठाउने इजाजत लिएका म्यानपावर कम्पनीहरुले गुनाशो गर्दै आएका छन् ‘सरकार आफैले कामदार पठाउँदा एक लाख लिने अनि हामीले पठाउँदा १० हजारमा कसरी पठाउन सकिन्छ ?’ 

म्यानपावरहरुको प्रश्नमा सरकारी अधिकारीहरुले भन्ने गरेका छन् ‘फ्री भिसा तथा फ्री टिकटको सुविधा नदिएका देशहरुमा कामदार पठाउँदा अलि बढी लागत लाग्छ तर सम्बन्धित मुलुकले कामदार लिंदा फ्री भिसा तथा फ्री टिकट दिएका छन् भने लागत लाग्दैन । 

इजरायल रोजगार सम्बन्धित थप जानकारी पाईराख्न Baideshik Rojgar मोबाइल एप डाउनलोड गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु