2026-09-25 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपालको एउटा म्यानपावर कम्पनी जसले शुन्य लागतमा मात्र श्रमिक विदेश पठाउँछ’

फागुन ४, काठामाडौं । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा रकम तिर्नुपर्ने बाध्यता रहेको तपाई हामी सबैलाई थाहा भएकै विषय हो । यदि तपाइलाई कुनै म्यानपावर कम्पनीले नै शुन्य लागत हो भन्दा विश्वास पनि गर्नुहुन्न किनकी अहिलेसम्म नेपालबाट विदेश जाने भनेकै लाखौँ खर्च गरेर मात्र जान पाइन्छ भन्ने नै छ ।

अहिले विदेशका केहि कम्पनीले मात्र शुन्य लागतमा श्रमिक लिने गरेका छन् । नेपालमा एकै म्यानपावर कम्पनीले विदेशका विभिन्न कम्पनीमा श्रमिक पठाउँदा कुनै कम्पनीमा शुन्य लागतमा पठाउँछन् त कुनै कम्पनीमा शुल्क लिएर ।

सरकारले मलेसिया र युएई जाँदा श्रमिकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने गरि दुई देश बिच श्रम समझदारी गरेको छ । खाडीका अन्य देश कतार, साउदी अरेबिया, बहराइन, कुबेत  र ओमानमा जाँदा म्यानपावर कम्पनीलाई अधिकतम १० हजारसम्म मात्र सेवा शुल्क बापत बुझाउन सकिने नियम छ साथै अन्य देशको हकमा म्यानपावर कम्पनीले वैदेशिक रोजगार काठामाडौं कार्यालय  ताहाचलबाट डिमाण्डको पुर्व स्वीकृति लिने बेलैमा कति सेवा शुल्क लिन पाउने भन्ने खुलाएको हुन्छ जुन डिमाण्ड प्रकाशन गर्दा नै लेखिएको हुन्छ ।  तर सरकारले लागू गरेको सेवा शुल्क कार्यान्वयन नहुँदा विदेश जाने श्रमिक ठगीमा पर्दै आएका छन् । यस्तै अवस्थाका विच पनि सरकारले लागू गरेको नियम व्यवहारिक रुपमा लागू गराउन एउटा म्यानपावर लागि परेको छ ।  

वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया अवलम्बन गर्दै शुन्य लागतको अवधारणालाई व्यवहारमै लागू गरेर देखाउने प्रयासमा लागेको छ, इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्रा. लि.। श्रमिकबाट नभई रोजगारदाताबाट नै म्यानपावर कम्पनीलाई सेवा शुल्क आउने भएकोले यो म्यानपावरले विदेश जाने श्रमिकबाट कुनै अतिरिक्त शुल्क लिंदैन ।

म्यानपावर कम्पनीले नै आवेदकहरुलाई कुनै मध्यस्थकर्ता वा विचौलियाको प्रयोग बिना सिधा आवेदन गर्न आमन्त्रित गर्दछ । आवेदक वा आवेदकका परिवारका सदस्यहरुले यस भर्तिको लागि कुनै प्रकारको शुल्क तिर्नु नपर्ने म्यानपावर आँफैले विदेश जान लागेकाहरुलाई बताउने गर्दछ  । 

अझ रोचक त के छ, भने यदि कोहि कसैले कुनै एजेन्ट वा कर्मचारीलाई रकम दिएको/मागेको  शंका लागेमा उक्त व्यक्तिलाई थप सोधपुछ गरिनेछ, साथै अनाधिकृत रुपमा रकम लिने त्यस्ता व्यक्तिलाई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार हुने सजायको बारे बताएर सचेत गराइने मात्र होइन, म्यानपावर कम्पनीलाई रकम तिरेको वा नतिरेको आवश्यक छानविन गर्न म्यानपावर कम्पनीले नै वैदेशिक रोजगार विभागलाई अनुरोध गर्दछ । जसले गर्दा तपाई ढुक्क भएर वैदेशिक रोजगारीमा जान पाउनुहुन्छ ।

ईन्टरनेशनल म्यानपावर रिकुटमेन्ट (आईएमआर) को कुनै मध्यस्तकर्ता तथा  शाखाहरू छैन । वैदेशिक  रोजगारमा जाने कामदारहरुबाट आईएमआरले कुनै पनि शुल्क भुक्त्तानी लिंदैन । यसको मतलब कुनै पनि भर्ती शुल्क नलाग्ने प्रकिया शुल्क नलाग्ने तलब कटौती नहुने नगद जम्मा गर्नु नपर्ने तथा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।

म्यानपावर कम्पनीले आफ्नो कार्यालयको गेटमा नै अबैध भतीकर्ताहरूदेखि साबधान रहनुहोला भनेर सूचना नै टाँसेको छ  । सूचनामा भनिएको छ, ‘कृपया धोखाधदी, अबैध कियाकलाप वा भ्रष्टाचारको विरुद्ध आईएमआरको स्वतन्त्र तेस्रो पक्ष हटलाइन नं +९७७ १८०११३७७६९ वा [email protected] ईमेलमा रिपोर्ट गर्न सकिनेछ । हामी तपाईको गोपनीयताको सुनिश्चित राख्नेछौं ।” अर्थात् म्यानपावर कम्पनीले नै श्रमिकबाट अतिरिक्त रकम लिए नलिएको बारे बुझ्न तेश्रो पक्षलाई राखेको छ जसले गर्दा विदेश जाने व्यक्ति ढुक्क हुन् सक्नेछन् ।

कतारमा रोजगारीको अवसर 

हाल, इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्रा. लिले कतारको Twelvers Trading & Contracting को लागि १६ जनाको डिमाण्ड ल्याएको छ । जुन कम्पनीमा जानको लागि नेपालमा कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने म्यानपावरले जनाएको छ । वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट २०७७ फागुन ३ गते CABLING TECH.(पुरुष) को लागि पुर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ । CABLING TECH. को  न्यूनतम मासिक तलब ३८ हजार २५५ रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क तिर्नुपर्दन । 

कम्पनीमा कतार जाँदा म्यानपावर कम्पनीलाई सेवा शुल्क तिर्नुपर्दैन ।  स्वदेशमा गरिने मेडिकल खर्च, म्यादी जीवन बीमा र अभिमुखीकरण तालीम बापतको शुल्क जाने श्रमिकले तिर्नुपर्नेछ यस बाहेक अन्य सबै खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने म्यानपावर कम्पनीले जनाएको छ ।

फागुन ११, १२ र १३ गते  गते गते म्यानपावर कार्यालय ग्वाकोंमा अनलाइन मार्फत अन्तर्वार्ता हुने कम्पनीले जनाएको छ ।  साथै अन्य अन्तर्वार्ता कोमिड-१९ को रोकथाम प्रकिया र सामाजिक दूरी कायम गरी श्रमिक छनौट अन्तर्वार्ता संचालन गरिने जनाइएको छ ।

डिमाण्डमा आवेदन गर्न यहाँ क्लिक गर्नुहोला 

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी 

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । 

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ । 

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।

४. विदेश जानुअघि  अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि  आफु  जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । 

७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा  वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक