2026-10-16 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ महिनामा १७ हजार ८ सय ८७ श्रमिक विदेशिए,कुन देश जानेको संख्या कति ?

फागुन ६, काठमाडौँ । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिम कायमै रहेपनि नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । 

तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ । नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिएका खाडीका मुलुकहरुमा कोरोना भाइरसको संक्रमण घट्दै गएको र खोप लगाउँन सुरु भएसंगै रोजगारीका लागि विदेशिनेको संख्या बढेको हो । 

गत माघ महिनामा मात्रै पुरुष र महिला गरी १७ हजार ८ सय ८७ जना विदेशिएका छन् । रोजगारीका लागि विदेशिनेमा पुरुषको संख्या महिलाको तुलनामा धेरै रहेको छ । बैदेशिक रोजगार विभागका अनुसार उक्त महिनामा १४ सय ५१ महिला रोजगारीको लागि विभिन्न देश गएका छन् भने,१६ हजार ४ सय ३६ पुरुष विदेशिएका छन् ।

माघ महिनामा रोजगारीको सिलशिलामा विदेशिएका नेपाली श्रमिकको रोजाइमा युएई,साउदी अरब,कतार,ओमान,बहराइन,कुवेत,मलेसिया रहेका छन् । सो महिनामा सबैभन्दा बढी श्रमिक संयुक्त अरब इमिरेट्स गएका छन् । 

४ हजार ५ सय ४९ पुरुष र ६ सय ५९ महिला गरी जम्मा ५ हजार २ सय ८ जना नेपाली युएई गएका छन् । यस्तै साउदी अर्ब ४ हजार ९ सय ७८ जना श्रमिक रोजगारीका लागि विदेशिएका छन् । त्यसपछि कतारमा ४ हजार ९ सय ६६ जना नेपाली रोज्गारिका लागि माघ महिनामा गएको बैदेशिक रोजगार विभागको तथ्यांक छ ।

यस्तै ओमानमा ३४४ जना रोजगारीको लागि गएका छन् भने मलेसियामा जम्मा १६ जना मात्रै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु