2026-10-16 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी प्रवेशमा नयाँ नियम लागु,२० देशबाट हुने आवागमनमाथि प्रतिबन्ध

फागुन ९, काठमाडौँ । साउदी अरेबियाले पुन: प्रवेश भिषामा नयाँ नियम लागु गरेको छ । साउदी सरकारले साउदी अरबमा कार्यरत रही पुनः प्रवेश भिषा (Re-entry) मा स्वदेश गएमा आप्रवासी कामदारहरु सो भिषाको अवधि सकिनु अगावै काममा नफर्किएमा कामदारहरु तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । 

तर जुन कम्पनीबाट पुन:प्रवेश भिषामा गएको हो सोही कम्पनीमा नयाँ भिषामा आउन अनुमति पाएमा सो अवधि अघिनै आउन पाउने साउदी अरेवियाको अध्यागमन कार्यालय जनाएको छ । यस्तै पछिल्लो केही दिन यता साउदी अरबमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले संकमण कम गर्न  स्वास्थ्य सम्बन्धि नयाँ व्यवस्था जारी गरेको छ । 

सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्न बैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । नयाँ मापदण्ड अनुसार व्यापारिक मलहरुमा जाने सबैले मलमा प्रवेश गर्नुपूर्व साउदी सरकारले उपलब्ध गराएको tawakkalna apps आफ्नो मोबाइल फोनमा अनिवार्य डाउनलोड गरेको हुनुपर्ने छ । 

यसबाट कोरोना संक्रमण भएका व्यक्तिको आवागमनको समेत ट्रयाकिङ्ग हुने भएको छ । यस्तै साउदी सरकारले हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमन माथिको प्रतिबन्ध मे १७. २०२१ सम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।

यस्तै विभिन्न २० देशबाट हुने आप्रवासीहरुको आगमनलाई समेत अस्थायी रुपमा स्थगित गरिएको छ । भारत, पाकिस्तान, अर्जेण्टिना, ब्राजिल, इजिप्ट, फ्रान्स, जर्मनी, ईण्डोनेशिया, आयरल्याण्ड, ईटली, जापान, सेबनान, पोर्चुगल, दक्षिण अफ्रिका, स्वीडेन, स्वीट्जरल्याण्ड टर्की, युएई, वेलायत र अमेरिका गरी २० देशबाट आप्रवासीहरु. कूटनितिज्ञ. स्वास्थ्यकर्मी र उनिहरुका परिवारहरु अब अर्को व्यवस्था नभएम्म साउदी अरब प्रवेश गर्न नपाउने साउदी सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु