2026-10-16 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजै तीन म्यापावरमा छापा, अवैध अन्तर्वार्ता लिंदै गर्दा मिडिया र बिभाग पुगेपछि भागाभाग

फागुन १० , काठमाडौँ । सोमबार मात्र वैदेशिक रोजगार बिभागले बिभिन्न तीन म्यानपावर कम्पनीमा छापा मारेको छ । बिभागले बिभिन्न दुई म्यानपावरले एजेन्ट प्रयोग गरि वैदेशिक रोजगारमा जाने युवासंग बढी लागत लिएको र एक म्यानपावरले अवैध अन्तर्वार्ता लिएको उजुरीको आधारमा छापा मारेको हो । यस सम्बन्धित भिडियो सहितको रिपोर्टहरु मंगलबार (भोली) हेर्न सक्नुहुनेछ । 

वैदेशिक रोजगार बिभागको अनुगमन टोलीले सोमबार बिहान महाराजगंज स्थित अलआसमाक्स कम्पनीमा छापा मारेको छ । अलआसमाक्स कम्पनीबाट आजै युएई जान लगेका एक युवासंग एजेन्टबाट तेश्रो व्यक्ति प्रयोग गरि पैसा एक लाख अशुली गरेको पाइएको छ । बिभाग टोली आएको थाहा पाए पछि एजेन्टले प्रयोग गरेको तेश्रो व्यक्ति म्यानपावरको गेटबाटै भागेका थिए ।  पिडितको सहयोगमा उनलाई झन्डै ५०० मिटर पर भाग्दै गर्दा समातिएको थियो । 

त्यस्तै सोमबार दिउसो वैदेशिक रोजगार बिभागले ललितपुर स्थित प्याराडाईज इन्टरनेशनल म्यानपावरमा अनुगमन गरेको छ । वैदेशिक रोजगारीमा जाने क्रममा रहेका युवालाई म्यानपावरका एजेन्टले ८७ हजार लिंदै गर्दा बिभागले फेला पारेको थियो । 

त्यस्तै सोमबार बेलुका सामाखुसी टोखारोड स्थित एसोसियट्स म्यानपावर ग्रुप म्यानपावर कम्पनीमा वैदेशिक रोजगार बिभागले छापा हानेको छ । सरकारसंग स्वीकृतिनै नलिएको डिमाण्डमा सयौं युवाहरुलाई पठाउने भन्दै ‘म्यानपावर डिमाण्ड’ नामक फेसबुक ग्रुपबाट अनाधिकृत प्रचार गरि म्यानपावरले गैरकानुनी रुपमा अन्तर्वार्ता लिदै गरेको गोप्य सुचनाको आधारमा बैदेशिक रोजगारका विभागले छापा मारेको हो ।

बिभाग र मिडियाको टोली अन्तर्वार्ता स्थलमा उपस्थित हुँदा उक्त म्यानपावरका संचालक तथा कर्मचारीहरुको भागाभाग भएको थियो । उक्त म्यानपावरले सयौं युवाहरुलाई कतारको एक कम्पनीमा आकर्षक रोजगारको प्रलोभन देखाई फेसबुकबाट प्रचार गरेर एजेन्टको प्रयोग गरि अन्तर्वार्ता लिएको खुलाशा भएको छ ।

बिभागले उक्त म्यानपावरबाट सम्पूर्ण अन्तर्वार्तामा प्रयोग भएको पासपोर्ट सहित, बिभिन्न कागजातहरु बरामद गरेको छ । सम्बन्धित म्यानपावरलाई कानुन बमोजिम छानबीन गरि कारबही गरिने बैदेशिक रोजगार विभागका अधिकृत चेतन कुमार खत्रीले साझा सबाल मिडियालाई जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु