2026-10-16 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरमा छापा: एक युवालाई विदेश पठाउन तीन म्यानपावरको बाटो (भिडियो सहित)

अनिल अधिकारी | फागुन १३, काठमाडौँ | वैदेशिक रोजगार बिभागले बुधबार साँझ बसुन्धरा स्थित प्रस्तुति रिक्रुटमेन्ट प्रा.लि. म्यानपावरमा छापा मारेको छ । बिभागले साउदी जान सरकारले तोके भन्दा ११ गुणा बढी शुल्क लिएको सूचना पाएपछि सम्बन्धित म्यानपावरमा छापा हानेको हो । 

वैदेशिक रोजगार बिभागका अधिकारीहरुसँगै मिडिया सहितको टोली उक्त म्यानपावरमा पुग्दा साउदी जान लागेका एक युवासँग १ लाख १० हजार रकम लिएको फेला परेको छ । पिडित युवाका अनुसार उनले  कोरोना महामारी सुरु हुनु अघिनै मोभिरा ओभरसिसमा पासपोर्ट बुझाएका थिए । तर उनलाई पत्तै नदिई उनको पासपोर्ट मोभिराबाट सिनामंगल स्थित नोभा इन्टरनेशनल पुर्याईएको थियो । उक्त म्यानपावरबाट कोरोना सुरु हुनु अघिनै उनलाई वैदेशिक रोजगारमा पठाउने भन्दै एजेन्टले १ लाख २० हजार लिएको युवाले बताएका छन् । अन्तिम श्रम स्वीकृति समेत पाएको अवस्थामा म्यानपावरले उनलाई वैदेशिक रोजगारमा पठाउन भने सकेन, तर उनले नगद बुझाएको पैसा समेत उनलाई फिर्ता दिईएन ।   

नोभा मार्फत वैदेशिक रोजगारमा जान खोज्दा एजेन्टले नगद  एक लाख २० हजार अशुली गरेर वैदेशिक रोजगारमा पठाउन नसकेको र पैसा पनि प्रमाण नहुँदा फिर्ता नपाएर पिडित बनेका उनलाई सोहि एजेन्टले २० हजार अर्को म्यानपावरबाट जाँदा कटाउछु भनेपछि फेरी बैदेशिक रोजगारको लागि प्रयास गरे । उनको पासपोर्ट फेरी उनलाईनै थाहा नभई गल्फ स्टार ओभरसीसमा आयो र त्यहाँबाट साउदीको अन्तिम श्रम स्वीकृति निक्लियो । त्यसपछि उनिसँग फेरी १ लाख १० हजार मागियो । यसअघि प्रमाण बिना नगद एक लाख २० हजार फसाएर धोका पाएका ति युवाले यस पटक भने सरकारलाई गुहार्न पुगे । 

बिभागमा उजुरी परेपछि उनलाई पछ्याउंदै आएको वैदेशिक रोजगार बिभागको टोली प्रस्तुति रिक्रुटमेन्ट प्रा.लिमा छिर्यो । प्रस्तुति रिक्रुटमेन्ट प्रा.लिमा गल्फ स्टार ओभरसिस मार्फत वैदेशिक रोजगारमा जान लागेका युवासँग चर्को अशुली लिन मोभिरा ओभर्सिस सर्भिस प्रा.लि. का कर्मचारी तोरण मगर खटिएका रहेछन् ।

बिभागको टोलीले युवा मार्फत म्यानपावरका प्रतिनिधिले पैसा लिएको फेला पारेपछि त्यसलाई प्रमाणित गर्दै चर्को अशुलीमा प्रस्तुति रिक्रुटमेन्ट प्रा.लि, मोभिरा ओभर्सिस सर्भिस प्रा.लि र गल्फ स्टार ओभरसिस गरि तीन म्यानपावरको संलग्नता पाएको जनाएको छ । 

बिभागले तीनै म्यानपावरलाई बिभागमा अनुसन्धानमा तान्ने जनाएको छ । साथै भोली बिहान साउदी जान लागेका युवालाई १० हजारमै पठाउन र विदेश पुगेपछि पनि कुनै प्रकारको दवाब दिए थप कारवाही हुने ध्यानाकर्षण गराएको छ । 

भिडियो हेर्नुहोस् 

म्यानपावर व्यवसायीहरुकै साझा माग बिपरित अशुली हुन्छ

सरकारले २०७२ मा गरेको निर्णय अनुसार वैदेशिक रोजगारमा जाँदा खाडीका ६ देश र मलेसियाको लागि फ्री भिसा, फ्री टिकट लागु भएको थियो । म्यानपावरहरुले रोजगारदाताबाट सेवा शुल्क नपाउँदा बढीमा १० हजार मात्र लिन पाउने नियम छ । तर सरकारको उक्त निर्णयको बिरोध गर्दै आएका अधिकांश म्यानपावर व्यवसायीहरुले सेवा शुल्क बापत कम्तिमा कामदारको एक महिनाको तलब लिन पाउनुपर्ने माग राख्दै आएका छन् । फ्री भिसा, फ्री टिकटको बिरोधमा तात्कालिन समयमा १९ दिनसम्म  आन्दोलन गरेका म्यानपावर व्यवसायीहरुको साझा माग नै  एक महिनाको तलब सेवा शुल्क बापत लिन पाउनुपर्छ भन्ने छ, तर अधिकांस व्यवसायीहरुले आफ्नै मागको बिपरित अशुली गर्दै आएको पाइएको छ ।

बुधबार साउदी जाने तयारीमा रहेका युवाकै कुरा गर्ने हो भने पनि उनको मासिक तलब ३० हजार तोकिएको छ । त्यस अनुसार सम्बन्धित युवाले विदेश जान एक लाख १० हजार लागत म्यानपावर वा एजेन्टलाई बुझाउने हो भने उनले झन्डै ४ महिना विदेशमा गएर काम गर्नु पर्ने हुन्छ । अझ सेक्युरिटी गार्डहरुको हकमा त झन् ९ देखि ११ महिना विदेशमा काम गर्दा पनि म्यानपावर/एजेन्टलाई तिरेको रकम कमाउन हम्मे-हम्मे पर्ने पिडितहरुले गुनाशो गर्ने गरेका छन् । यसलाई आधार बनाउँदा पनि सरकारले म्यानपावर व्यवसायीकै (सेवाशुल्क- एक महिनाको तलब) मागलाई मानेर वैदेशिक रोजगारमा पठाउन दिने हो भने पनि अहिलेकै चर्को लागतको बेथिति अन्त्य नहुने देखिन्छ ।

पछिल्लो समय वैदेशिक रोजगार बिभागबाट अनुगमन हुने सबैभन्दा बढी घटना चर्को लागतनै हुने गरेको छ । सरकारले बढीमा १० हजार सेवा शुल्क लिन पाउने नीति लिए पनि ५०/६० हजारसम्म अशुली हुँदा युवाहरुले उजुरी गर्दैनन् । तर जब लागत निकै चर्को मागिन्छ तब आँट गरेरै बिभागमा उजुरी दिन जानेहरुको संख्या दिन-प्रतिदिन बढ्न थालेको छ । यस सम्बन्धमा वैदेशिक रोजगार बिभागले भने सरकारले तोकेको लागत भन्दा १ रुपयाँ मात्र बढी पैसा लिएको भन्दै उजुरी आएको अवस्थामा पनि अनुगमन तथा कारवाही गर्नुपर्ने जनाएको छ । बिभागले ‘उजुरी आउँदा वा बिभाग आफैले नियमित अनुगमनको क्रममा नीति बिपरित काम गरेको भेटिए कारवाही गर्नैपर्ने हुन्छ’ भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु