2026-10-16 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ महिनामा रोजगारीको लागि कुन जिल्लाबाट कति श्रमिक विदेशीए ? (सूचि सहित)

फागुन १४, काठमाडौँ । स्वदेशमा रोजगारी नपाएपछि कामको खोजीमा विदेशिनुपर्ने नेपाली युवाहरुको लागि बाध्यता बनेको छ । कोरोनाले थला परेको देशको अर्थतन्त्र र त्यसमाथि रोजगारी गुमाएर बस्नुपरेका कारण दैनिक हजारौ युवाहरु रोजगारीको खोजीमा विदेशिने क्रम जारी छ ।

बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा ७४ जिल्लाबाट बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । सो महिनामा मात्रै पुरुष र महिला गरी १७ हजार ८ सय ८७ जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएको बैदेशिक रोजगार विभागले जनाएको छ। 

पछिल्लो समय कोरोना भाइरस बिरुद्धको खोप प्रयोगमा आएसंगै रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या बढेको हो । विभिन्न देशहरुले कोरोना संक्रमण रोकथामका लागि लगाएका लकडाउन र प्रतिबन्धहरु खुकुलो बनाउँन थालेका छन् भने कोरोना बिरुद्धको खोप अभियान चलाइरहेका छन् ।

यसले गर्दा अघिल्ला महिनाहरुको तुलनमा भन्दा माघ महिनाम श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको छ । विभागको तथ्यांकअनुसार माघ महिनामा सबैभन्दा बढी धनुषा जिल्लाबाट विदेशिएका छन्। सो महिनामा उक्त जिल्लाका ६ महिलासहित ११ सय ४७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् ।

झापाबाट १६२ महिलासहित ८ सय ५० जना, महोत्तरीबाट ६ महिलासहित ८ सय ८ जना र मोरङबाट ९२ महिलासहित ७ सय ३४ जनाले श्रम स्वीकृति लिएका छन् । माघ महिनामा रोजगारीको सिलशिलामा विदेशिएका नेपाली श्रमिकको रोजाइमा युएई,साउदी अरब,कतार,ओमान,बहराइन,कुवेत,मलेसिया रहेका छन् । 

सो महिनामा सबैभन्दा बढी श्रमिक संयुक्त अरब इमिरेट्स गएका छन् । ४ हजार ५ सय ४९ पुरुष र ६ सय ५९ महिला गरी जम्मा ५ हजार २ सय ८ जना नेपाली युएई गएका छन् । यस्तै साउदी अर्ब ४ हजार ९ सय ७८ जना श्रमिक रोजगारीका लागि विदेशिएका छन्

। त्यसपछि कतारमा ४ हजार ९ सय ६६ जना नेपाली रोज्गारिका लागि माघ महिनामा गएको बैदेशिक रोजगार विभागको तथ्यांक छ । यस्तै ओमानमा ३४४ जना रोजगारीको लागि गएका छन् भने मलेसियामा जम्मा १६ जना मात्रै गएका छन् ।

हेर्नुहोस कुन जिल्लाबाट कतिले लिए श्रम स्वीकृति :



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु