2026-10-16 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक दशकमा रोजगारीको लागि कतार गएका १ हजार ६ बढी नेपालीहरुले ज्यान गुमाए

फागुन १४, काठमाडौँ । नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य मानिएको कतारमा पछिल्लो एक दशकमा १ हजार ६ सय ४१ नेपालीहरुले ज्यान गुमाएका छन् । बैदेशिक रोजगारीकोलागि गएका श्रमिकहरुको विभिन्न कारणले एक दशकमा १ हजार ६ सय ४१ नेपालीको मृत्यु भएको हो ।

कतारमा विश्वकप फुटवल प्रतियोगितालागि रंगशाला निर्माणको काम भएयता ज्यान गुमाउने आप्रवासी श्रमिकको संख्या बढेको छ । सन् २०११ द्येखि २०२० को बीचमा ६ हजार ५ सय भन्दा बढी आप्रवासी श्रमिकले कतारमा ज्यान गुमाएको बेलायती सञ्चार माध्यम गार्जियनले जनाएको छ ।

गार्जियनका अनुसार हरेक हप्ता कतारमा १२ जना आप्रवासी श्रमिकको मृत्यु भएको देखिएको छ । ज्यान गुमाउने आप्रवासी श्रमिकहरु मध्ये सबैभन्दा बढी भारतका रहेका छन् । एक दशकमा २ हजार ७ सय ११ भारतीय नागरिकको कतारमा मृत्यु भएको उक्त संचारमाध्यमले उल्लेख गरेको छ ।

ज्यान गुमाउने मध्ये४८ प्रतिशत नेपालीको प्राकृतिक मृत्यु भएको,१६ प्रतिशतको सडकमा दुर्घटनामा परेर, १० प्रतिशतको कार्यथलोमा भएको दुर्घटनामा परेर मृत्यु भएको देखिएको छ । मृत्यु भएका मध्ये ७ प्रतिशतको कारण पत्ता लागेको छैन ।

पछिल्लो एक दशकमा कतारमा विश्वकप फुटवल प्रतियोगिता लक्षित गर्दै रंगशालाहरु, सडक, सार्वजनिक यातायातको निर्माणमा तिब्रता दिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार सन् २००८ देखि २०१९ बीचमा विभिन्न मुलुकहरुमा ७ हजार ४ सय ६७ नेपालीले ज्यान गुमाएका छन् ।

सवैभन्दा धेरै नेपालीको मृत्यु मलेशियामा भएको देखिएको छ भनें दोश्रोमा कतारमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु