2026-10-16 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्काइवार्ड कन्स्लटेन्सीमा विभागको छापा:युक्रेन पठाउने भन्दै युवाहरुसँग चर्को अशुली

फागुन १६, काठमाडौं । बैदेशिक रोजगार विभागले काठमाडौँको पुरानो बानेश्वर स्थित स्काइवार्ड एजुकेशन कन्स्लटेन्सीमा छापा मारेको छ। युवाहरुलाई युक्रेन रोजगारमा पठाउन लागेको सूचनाको आधारमा विभागले आइतबार स्काइवार्डमा छापा मारेको हो।

विभागको टोलीले अनुगम गर्ने क्रममा युक्रेन जानको लागि भन्दै आएका एक युवा कन्सल्टेन्सीमै भेटिएका थिए । उनलाई उक्त कन्सल्टेन्सीले विदेश पठाउने भन्दै ६ लाख रुपैयाँ लिने भनिएको पाइएको छ । साझा सवाल मिडियाले कन्सलटेन्सीका संचालकलाई ‘यसरी व्यक्तिगत श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा पठाउने अधिकार कन्सल्टेन्सीलाई कसरी भयो ?’  भनेर प्रश्न गर्दा,’सरकारले व्यक्तिगत श्रम स्वीकृतिको नियम किन राखेको ?’ भनेर उनले मिडियालाई प्रतिप्रश्न गरे ।

उक्त कन्सल्टेन्सीले प्रतिव्यक्ति धेरै युवाहरुसँग वर्क प्रर्मिट आएको भन्दै रसिद भरपाई समेत दिइएको पाइएको छ । सो क्रममा एक बुक रसिद समेत फेला परेको छ। विभागले स्काइवार्डबाट थप अनुसन्धानका लागि दुई वटा ल्यापटप, सात वटा पासपोर्ट,६ वटा रजिष्टर, केहि नगदी रसिद र रेकर्ड फायलमा भएका कागजातहरु बरामद गरेको छ । 

पछिल्लो समय विभिन्न कन्सल्टेन्सीहरुले व्यक्तिगत श्रम स्वीकृतिद्वारा विदेशमा आकर्षक रोजगारी भन्दै पठाउने गरेको पाइएको छ । यस बिषयमा बैदेशिक रोजगार विभागले प्रत्येक दिन स्टिंङ् अप्रेसन गर्ने गरेको जनाएको छ।

व्यक्तिगत श्रम स्वीकृति गराई अवैधानिक तरिकाले युवाहरुलाई विदेश पठाइ कमाइ गर्न खोज्ने म्यानपावर,सेक्युरिटी अफिस, कन्स्लटेन्सीहरुप्रति विभागले कारबाहीको दायरा बढाएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु