2026-10-16 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल म्यानपावरमा विभागको छापा, १३ वटा पासपोर्ट सहित तीनवटा कम्प्युटर नियन्त्रणमा

मनोज पराजुली । फागुन १९, काठमाडौं । वैदेशिक रोजगार विभागले सिनामंगलस्थित नेपाल म्यानपावर प्रा .लि (लाइसेन्स नम्बर १०९९/०७३/७४) को कार्यालयमा छापा मारेको छ । म्यानपावर कार्यालमा अवैध तरिकाले अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको आकस्मिक अनुगमन टोलीले छापा मारेको हो ।

विभागको टोली म्यानपावर कार्यालयमा पुग्दा युएई जानको लागि भन्दै केहि युवाहरु म्यानपावर कार्यालयमा भेटिएका थिए । तर म्यानपावर कार्यालयमा कुनै पनि डिमाण्ड नभएको भएपनि  अन्तर्वार्ताका लागि युवालाई बोलाइको विभाग टोलीले अनुगमनका क्रममा  भेटेको छ ।

माथिको तस्वीर : म्यानपावर कार्यालयमा पुगेका पीडित युवा  

प्रतिव्यक्ति २ लाखका दरले युएई जानको लागि विष्णु नेपाली (अवैध एजेन्ट) लाई बुझाएको पीडित गोबिन्द घर्तीले साझा सवाललाई बताए । एजेन्टले रकम लिएपछि नेपाल म्यानपावर बाटै नै युएई लैजाने बताएको उनले बताए । नक्कली भिसा नै निकालेर आज भोलि भन्दै झुलाएपछि ठगिएको भन्ने लागेर विभागमा उजुरी दिएर म्यानपावर कार्यालयमा आएको उनले बताए ।

माथिको तस्वीर : पीडित युवाको नक्कली भिसा 

विभागले छापा मारेर म्यानपावर कार्यालयबाट १३ वटा पासपोर्ट, तीनवटा कम्प्युटर र कागजपत्र नियन्त्रणमा लिईएको अनुगमन अधिकृत चेतन कुमार खत्रीले साझा सबाललाई जानकारी दिए । प्राप्त डकुमेन्टका आधारमा विभागले अनुसन्धान गरेर म्यानपावरलाई आवश्यक कारवाही गरिने उनले बताए । पीडितहरुका उजुरीका आधारमा विभागले पछिल्लो समय म्यानपावर कार्यालयहरुको आकस्मिक अनुगमनलाई तीब्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु