2026-10-16 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कामदार पठाउँदा जिटुजी सम्झौता भए सशक्त बिरोधमा उत्रन्छौं – संघ

फागुन २५, काठमाडौँ | कतार कामदार पठाउँदा जिटुजी सम्झौता भए सशक्त बिरोधमा उत्रने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । 

गत आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले कतार सरकारसँग सम्झौता गरी जिटुजि प्रक्रिया अन्तर्गत नेपाल सरकारले कतारमा कामदार पठाउन छलफल चलिरहेको बताएका थिए । मन्त्री गौरीशंकर चौधरीले कतारमा आगामी २०२२ मा हुन लागेको विश्वकपको लागि आवश्यक कामदार सरकार आफैले पठाउने बिषयमा कतारी दुतावाससँग छलफल भएको जानकारी दिएका थिए । यसै विषयलाई लिएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संघको बिज्ञप्तिमा भनिएको छ ‘व्यवसायीले आफ्नो श्रम र स्रोत लगानी गरी सम्पूर्ण पूर्वाधार तयार गरेपछि सरकारले व्यवसायलाई कब्जामा लिई व्यापार गर्ने प्रवृति नेपालको संबिधान र कानुन विपरित रहेको छ ।’ 

म्यानपावर कम्पनी मार्फत कतार पुलिसमा चर्को अशुली गर्ने अभिप्रायले अवैध अन्तर्वार्ता लिन लागेको थाहा पाएपछि सरकारले केहि म्यानपावरमा छापा मारेको थियो । कतारमा २०२२ मा हुने विश्वकपको लागि कामदार पठाउँदा म्यानपावरहरुले चर्को लागत लिने सरकारको बुझाई छ । मनपरी लागत लिने देखिएपछि म्यानपावरबाटै कतार प्रहरी लगायत विश्वकपको लागि आवश्यक नेपाली कामदार पठाउन दिने कुरामा सरकारी पक्ष तयार छैन । यस्तो अवस्थामा श्रम मन्त्रालयले सरकारी तबरबाटै पुरानो सम्झौता हेरफेर गरि कामदार पठाउने गृहकार्य थालिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु