2026-09-04 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौरिससबाट डिमाण्ड आउन थाल्यो, दुतावास नहुँदा डिमाण्ड प्रमाणीकरण गर्न समस्या

मनोज पराजुली । चैत्र ३, काठमाडौँ । वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा मौरिससबाट मागपत्र (डिमाण्ड) आउन थालेको छ । नेपाल र मौरिसस बिच श्रम समझदारी भएको झन्डै २ वर्षपछि म्यानपावर कम्पनीले मौरिससबाट डिमाण्ड ल्याउन शुरु गरेका हुन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा नेपाल र मौरिससबीच २०७६ जेठ २८ मा श्रम समझदारी भएको थियो । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नबीच श्रम सम्झौता भएको थियो । उक्त समझदारीले मौरिसस जाने नेपाली श्रमिकको रोजगारीको सुरक्षाका लागि आधार तयार गरेको थियो । सो पश्च्यात 

पछिल्लो समय मौरिससबाट ३७ जनाको माग आएको छ । काठमाडौँको सोल्टीमोडमा रहेको हेल्प ओभरसिज प्रा. लि. ले मौरिससको लागि १७ जनाको Garment Embroider को डिमाण्ड ल्याएको हो । हेल्प ओभरसिजले मौरिससको JETHA TULSIDAS AND SONS MTIUS LTD कम्पनीको लागि (लट नम्बर २३५३७८) Garment Embroider को डिमाण्ड ल्याएको हो । वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट २०७७ फागुन २८ गते डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ ।  न्यूनतम मासिक तलब ४० हजार ६ सय  रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क तिर्नुपर्दन । करार अवधि २ वर्षको हुने उल्लेख छ ।

डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोस् 

विज्ञापन अनुसार अन्तर्वार्ता चैत्र ९ गते म्यानपावर कार्यालयमा हुनेछ । स्वदेशमा गरिने मेडिकल खर्च, म्यादी जीवन बीमा र अभिमुखीकरण तालीम बापतको शुल्क, भिसा स्ट्यापिङ्ग शुल्क वापतको शुल्क श्रमिकले व्यहोर्नुपर्ने म्यानपावर कम्पनीले जनाएको छ । सेवा शुल्क बापत म्यानपावर कम्पनीलाई १९ हजार ९ सय तिर्नु पर्ने जनाईएको छ । सोहि म्यानपावर कम्पनीले कोल्ड रुम टेक्निसियन पदका लागि २० जनाको डिमाण्ड पनि ल्याएको जनाएको छ । यसअघि मौरिससका लागि जस्मिन इन्टर्नेशनल प्रा. लि. ले म्यासन, कार्पेन्टर लगायत विभिन्न पदका लागि डिमाण्ड ल्याएको थियो ।

डिमाण्ड प्रमाणीकरण गर्न समस्या छ : व्यवसायी 

वैदेशिक रोजगारीमा श्रमिक पठाउनको लागि म्यानपावर कम्पनीले अनिवार्य रुपमा सम्बन्धित देशमा रहेको दुतावास वा सो देशको लागि हेर्ने अन्य देशमा रहेको नेपाली दुतावासबाट मागपत्र प्रमाणीकरण गर्नुपर्छ । तर मौरिससमा नेपाली दुतावास नभएका कारण चाहेर पनि व्यवसायीले सहज तरिकाले डिमाण्ड ल्याउन सक्ने अवस्था नभएको हेल्प ओभरसिजका संचालक दिनेश कुमार डंगोलले साझा सवाललाई बताए । रोजगारदातालाई निर्धारित समयमा नै श्रमिक आपूर्ति गर्न चाहन्छन् तर नेपालको नियम अनुसार डिमाण्ड प्रमाणीकरण गर्न रोजगारदाता दक्षिण अफ्रिकामा रहेको नेपाली दुतावास पुग्नुपर्छ उनले भने “सरकारले दुतावास नभएका देशका हकमा आवश्यक सहजीकरण गरिदिए सहज तरिकाले मौरिससबाट डिमाण्ड ल्याउन सकिने सम्भावना रहेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल