2026-10-16 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ हजार ३६० जनालाई निःशुल्क सीपमुलक तालिमको अवसर, सम्पर्क नम्बरहरु सहित

चैत्र ४, काठमाडौं । वैदेशिक रोजगार वोर्डले ७ हजार ३६० जनालाई निःशुल्क सीपमुलक तालिम दिन शुरु गरेको छ । वोर्डले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभीटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गर्दै निःशुल्क सीपमुलक तालिम दिन शुरु गरेको हो ।

विभिन्न विषयमा सुरु गरिएको एक महिनाको सो तालिम गत फागुन १ गतेदेखि शुरु भएको छ । वोर्डले वैदेशिक रोजगारमा जान चाहने, विदेशबाट फर्किएका वा स्वदेशमा नै रोजगारी गर्न चाहनेहरुलाई सो सीप विकास तालिम लिन अनुरोध गरेको छ ।

सो तालिम अन्तर्गत कुक, वेटर, हाउस किपिङ, किचन सहयोगी, फ्रण्ट अफिस सहायक, सुरक्षा गार्ड, डकर्मी, हाउस पेन्टर, प्लम्वर सहायक, वेल्डर सहायक, जुनियर फर्निचर मेकर, व्यूटीसियन, जुनियर व्यूटिसियन, सटरिङ कार्पेन्ट्री, एसिस्टेण्ट स्काफोल्डर, ईलेक्ट्रिसियन लगायतका तालिम सञ्चालन भइरहेका छन् ।

हाल सञ्चालनमा रहेको १ सय ६० घण्टा समयावधिको सो तालीम लिन वैदेशिक रोजगारमा जान ईच्छुक भएमा पासपोर्ट बनाएको र रोजगारीका लागि विदेश जान चाहेको स्वघोषणा गरेको फारम भर्नुपर्ने वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए । यसैगरी वैदेशिक रोजगारबाट फर्केको भएमा समस्यामा परेर फर्केकाहरुलाई प्राथमिकता दिइनु पर्नेछ । सो सीप विकास तालीमलाई स्थानीय तहसँग पनि जोड्ने प्रयास गरिएको छ । यदि स्थानीय तहले तालीम सञ्चालन गर्ने स्थान उपलव्ध गराएमा स्थानीय स्तरमा रोजगारी उपलव्ध हुन सक्ने प्रकृतिको तालीम वोर्डसँग तालीम सञ्चालन गर्ने सम्झौता गरेको संस्थाले उपलव्ध गराउनेछ । त्यस्तो स्थान नभएमा ति संस्थाहरुले आफ्नै  तालिम केन्द्रमा पनि त्यस्ता  तालिम सञ्चालन गर्न सक्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

वोर्डले सिटीईभीटीसँगको समन्वयमा तोकेको शुल्कमा एक महिनाको तालिम सकेकाहरुले राष्ट्रिय सीप परीक्षण बोर्ड (एनएसटीबी) ले लिने सीप परिक्षण उत्तिर्ण गरेमा सो सहभागिलाई तालीम लिंदा तिरेको शुल्क वैदेशिक रोजगार वोर्डले फिर्ता दिनेछ । यसका लागि तालीम अवधिमा ९० प्रतिशत हाजिरी तथा सीप परीक्षण उत्तिर्ण गरेको प्रमाणपत्र हुनुपर्ने अनिवार्य शर्त राखिएको छ । एक महिने तालिम सकेकाहरुले लेभल १ को प्रमाणपत्र प्राप्त गर्नेछन् । यदि लेभल १ उत्तिर्ण गरेकाहरुले माग गरेमा लेभल २ को तालीम पनि यसैगरी प्रदान गर्न सकिने वोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

विभिन्न विषयका तालीम सञ्चालनका लागि विभिन्न प्रदेशहरुमा विभिन्न तालिम प्रदायक संस्थाहरुसँग वोर्ड सचिवालय, सिटीईभीटी तथा ति संस्थाहरुबीच तालीम सञ्चालन सम्झौता भएको छ । यस अन्तर्गत प्रदेश नं १ मा सुम्निमा पोलिटेक्निक ईन्स्टिच्यूट, भोजपुर तथा रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालय ईलामसँग सम्झौता भएको छ । यसैगरी प्रदेश नम्वर २ मा निर्मल लामा बहुप्राविधिक शिक्षालय, वर्दिवास तथा बीपी मेमोरियल पोलिटेक्निक ईन्स्टिच्यूट, धनुषासँग बोर्डले सम्झौता गरेको छ । बागमती प्रदेशमा बालाजु स्कूल अफ ईञ्जिनियरिङ एण्ड टेक्नोलोजी, बालाजु, नेपाल बनेपा पोलिटेक्निकल ईन्स्टिच्यूट, बनेपा, नारायणी बहुप्राविधिक शिक्षालय, चितवन तथा जिरी प्राविधिक शिक्षालय, दोलखाले तालिम सञ्चालन गरिरहेका छन् ।

यसैगरी गण्डकीमा पोखरा प्राविधिक शिक्षालय, पोखरा, लुम्विनीमा कोरिया नेपाल ईन्स्टिच्यूट अफ टेक्नोलोजी रुपन्देही र शहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय, दाङ र भेरी प्राविधिक शिक्षालय, नेपालगञ्जले सम्झौता गरेका छन् ।

तालिमका लागि सम्झौता गर्ने अन्य तालिम प्रदायक संस्थाहरुमा कर्णाली प्राविधिक शिक्षालय, जुम्ला तथा शहीद नेत्रलाल अभागी प्राविधिक शिक्षालय सल्यान रहेका छन् । सुदुरपश्चिम प्रदेशमा टीकापुर पोलिटेक्निक ईन्स्टिच्यूट, कैलालीले तालिम सञ्चालन गर्दैछ । सवै शिक्षालयहरुसँग गरेर ७ हजार ३ सय ६० जनालाई सीप विकास तालिम दिने लक्ष्य राखिएको बोर्डले जनाएको छ ।

कहाँ कुन तालिम संचालन हुँदैछ हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु