2026-10-16 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा युएई पठाउने अखडामा छापा, दुई महिनाको अशुली २ करोड ! (भिडियो सहित)

अनिल अधिकारी | चैत ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले धुम्बराहीस्थित म्यानपावरको नाममा अवैध रुपमा संचालित एक्टिभ इम्प्लोइ सर्भिस प्रालिमा छापा मारेको छ । पीडितहरुले दिएको उजुरीका आधारमा वैदेशिक रोजगार बिभागका अनुगमन अधिकारीहरु हरि कृष्ण बुढाथोकी, हेमराज पाण्डे, कपिलनाथ पौडल, नरेश रोकाय, सुवर्ण शाक्यलगायतको विभागको अनुगमन टोलीले बुधबार छापा मारेको हो ।

विभागले पिडितहरु सहित छापा मार्ने क्रममा उक्त अवैध कम्पनी विदेशमा र नेपालमा गरी कयौं युवाहरुलाई ठगेको पाइएको छ । बिभागले छापा हान्ने क्रममा अवैध अशुली गर्ने कम्पनीका संचालक भने फरार थिए । विभागको टोलीले फोन गरी बोलाउँदा समेत संचालक उपस्थित भएनन् ।

अवैध एक्टिभ इम्प्लोई सर्भिस प्रा.लि, कम्पनी रजिस्टार कार्यालयमा समेत दर्ता नभएको कम्पनी हो । उक्त कम्पनीले पाँच लाखसम्मको कागजात सहितको सम्झौतापत्र बनाई वैदेशिक रोजगारीको लागि भन्दै धेरै युवाहरुलाई ठगेको अनुगमनकै क्रममा प्रसस्तै कागजातहरु भेटिएको छ । उक्त कम्पनीको लेटरहेड हेर्ने हो भने उक्त कम्पनीको ठेगाना अनामनगर छ, तर सोहि लेटर हेडमा तिनकुने ठेगाना लेखिएको छ तर कार्यालय भने धुम्बराहीमा संचालित छ । कम्पनीमा हरेक महिना नयाँ/नयाँ कर्मचारी खटाएर ठुलो आर्थिक ठगि अशुली गरिएको भेटिएको छ ।

अनुगमन पछि वैदेशिक रोजगार बिभागले उक्त अवैध कम्पनीबाट एक थान सिपियू, रकम बुझेको रसिद ठेली दुई थान, किचनमा अन्डाको किरेटले छोपेर राखिएको अवस्थामा सक्कल राहदानी(पासपोर्ट)हरु नौ थान, डे–बुक तीन थान र रजिष्टार एक थान गरी चार थान, टेलिफोन नम्बर लेखेको डायरी एक थान र क्लु कपी दुई थान, रसिदहरु रहेको फायल एक थान, फारमहरु रहेको फायल एक थान, कागजात रहेको क्लियर ब्याग दुई थान र दरखास्त फाराम रहेको क्लियर ब्याग एक थान बरामद गरेको छ । विभागले उक्त अवैध कार्यालयमा सिल समेत गरेको छ ।

भिडियो हेर्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु