2026-10-16 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ दिनमा मात्रै वैदेशिक रोजगारी सम्बन्धि १९१ गुनासो

चैत ६, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले विभिन्न समस्याहरु झेल्ने गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलाय अन्तर्गत श्रमिकले श्रम कल सेन्टरमा आफ्नो गुनासो राख्न सक्छन । रोजगारीको लागि विभिन्न देशमा जानेक्रम र समस्या परेको बेलामा उक्त सरकारी निकायमा गुनासो राख्नेको संख्या पनि बढेको छ ।

पछिल्लो चैत महिना अर्थात ५ दिनमा मात्रै १ सय ९१ जनाले आफ्नो गुनासो राखेका छन् । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७ जनाले सोधपुछ गरेका छन् भने,वैदेशिक रोजगार विभागमा सामन्य सोधपुछ ४ जना वैदेशिक रोजगार सम्बन्धि सोधपुछ २ जना घर फर्कन चाहेर पनि नपाएको,१ जना पासपोर्ट हराएको, १ जना गरी जम्मा ८ जनाले आफ्नो गुनासो राखेका छन् । यस्तै व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा सिप सम्बन्धि सोधपुछका लागि १ जनाले गुनासो गरेकाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम कल सेन्टरले जनाएको छ  । 

वैदेशिक रोजगार बोर्डमा सामन्य सोधपुछ ३ जना र सिप सम्बन्धि सोधपुछ ६ जना, मृतक कामदारको परिवार सदस्यलाई आर्थिक सहायताको लागि ८ जना, अंगभंग /बिरामी भएको कामदारहरुको उद्दारको लागि १ जना, बिरामी भएर फर्किएकोलाई आर्थिक सहायता ३ जना र विदेशबाट शव झिकाउनको लागि २ जना गरी २३ जनाले गुनासो राखेका छन् ।

सेन्टरका अनुसार बैदेशिक रोजगार कार्यालयमा बैदेशिक रोजगार सम्बन्धि सोधपुछको लागि १५ जनाले गुनासो गरेका छन् । ई. पी. एस. कोरिया शाखामा रोजगारीको लागि २ जना र श्रम कल सेन्टरमा सामन्य सोधपुछको लागि २ जनाले गुनासो गरेका छन् । 

पछिल्लो बिहिबार सम्म मात्रै वैदेशिक रोजगार सम्बन्धि विभिन्न निकायहरुमा १ सय ९१ गुनासो आएको श्रम कल सेन्टरले  जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु